• १९ असार २०८१, बुधबार

वरिष्ठ पत्रकार भट्टको निधन

blog

वरिष्ठ पत्रकार स्वर्गीय कर्णदेव भट्ट ।

भावना जोशी                   

अत्तरिया, असार १७ गते । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको सोमबार निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका –६ स्थित  निवासमा  भट्टको  ८० वर्षको उमेरमा निधन भएको हो ।

उहाँ फारवेष्ट टाइम्सका प्रकाशक तथा सम्पादक  हुनुहुन्थ्यो । भट्टको नेतृत्वमा फारवेष्ट टाइम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारको हकहितका लागि उल्लेखनीय काम गर्नुभएको थियो । 

उहाँले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गर्नुभएको थियो । भट्टले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक अफसेट प्रेस ल्याएर छापा पत्रकारिताको सुरुवात  गर्नुभएको थियो । 

उहाँको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल पत्रकार महासङ्घ केन्द्र, सुदूरपश्चिम प्रदेश, नेपाल पत्रकार महासङ्घ कैलाली  शाखा, प्रेस युनियन, प्रेस चौतारीलगायत संस्थाले शोक वक्तव्य जारी गरेका छन् ।