चेपाङ जातिबाट सात जना वडा अध्यक्षको चुनावी दौडमा
बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धादिङका सातजना चेपाङले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलबाट सीमान्तकृत चेपाङ समुदायका व्यक्तिहरुले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । वडा अध्यक्षको उम्मेदवारी दिनेमा एक महिलासहित सातजना चेपाङ रहेका छन् । सातैजना उम्मेदवारहरु वडाको समग्र विकास, सामाजिक रुपान्तरण अनि चेपाङ समुदायको विकास र उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।
महालक्ष्मीमा गठबन्धनसँग अन्यदलको प्रतिस्पर्धा
ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनसँग अन्यदलको प्रतिस्पर्धा हुने भएको छ ।
तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र
काठमाडौँ, वैशाख २६ गते । स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिनुभयो । तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिनुभएको छ । तीमध्ये नगरप्रमुखमा १६ र उपप्रमुखमा छ जनाले उम्मेदवारी दिनुभएकोे जनाइएको छ । उक्त नगरपालिकामा विभिन्न १० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको उहाँले बताउनुभयो । यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उहाँको भनाइ छ ।काठमाडौँ जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेका साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर बनाइएको तारकेश्वरमा ११ वडा कार्यालय छन् । तारकेश्वरमा कूल ३५ हजार ८२ मतदाता छन् । तारकेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा सिर्जना बुर्लाकोटी, नेकपा (एमाले)बाट प्रमुखमा रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल उम्मेदवार हुनुहुन्छ ।
काठमाडौँ नगरको तेस्रो स्थानीय निर्वाचन
बदर मतको सङ्ख्या कम गर्न मतदाता सचेत हुनुपर्छ । मतदान कसरी गर्ने ? स्वस्तिक चिह्नको छाप कहाँ लगाउने ? आदि बारेमा जानकार नभएकै कारण मत बदर हुने गर्दछ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उपत्यकाभित्र ४९ हजार ३६० मत बदर भएको थियो । त्यो निर्वाचनमा कुल खसेको मतको १२ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपत्यकाभित्रकै कुरा गर्दा २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा सबैभन्दा बढी २९ हजार ९४१ मत (१५.२ प्रतिशत) बदर भएको थियो भने दक्षिणकाली नगरपालिकामा सबैभन्दा कम ९४२ मत बदर भएको थियो । २०१४ सालमा सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा ९९ वटा मत बदर भएका थिए ।
निर्वाचनविरोधी गतिविधि गर्नेलाई कारबाही
जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर राति ८ बजेपछि मदिरा बिक्रीमा रोक लगाएको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन र स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै शनिबार रातिबाट अर्को सूचना नभएसम्म जिप्रकाले मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाएको हो।
अवैध लागूऔषधसहित पक्राउ
सिन्धुली कमलामाई नगरपालिका–९ भीमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारका एजेण्डा मतदाताबीच लाेकप्रिय
सिन्धुपाल्चोकका १२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरु मतदातासँग एजेण्डा प्रस्तुत गर्दे लोकप्रिय हुन थालेका छन् ।
पहिरोका कारण अवरुद्ध सडक खुल्यो
पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
मन जितेर काम गर्ने प्रतिबद्धता
भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानीय तह निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । नेकपा (एमाले), नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच नगरप्रमुख र उप्रमुख पदमा प्रतिस्पर्धा हुन लागेको हो । नगरप्रमुखका लागि एमालेबाट बिना बास्तोला, नेपाली काँग्रेसबाट जीवन खत्री र राप्रपाबाट रवीन्द्रप्रताप शाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुखको पदमा उम्मेदवारी दिनेहरूमा नेपाल मजदुर किसान पार्टीका केशवप्रसाद तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का नरेश खड्का, नेपाल सुशासन पार्टीका विष्णुराज गिरी तथा स्वतन्त्र गरी २० जना हुनुहुन्छ । चाँगुनारायणमा ३४ हजार ५८८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।