• १६ असार २०८१, आइतबार

विभिन्न माओवादी पार्टीमा रहनुभएका नेताहरू माओवादी केन्द्रमा प्रवेश

blog

वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली, मजदुर नेता बद्री बजगाईं, जनसमाजवादी मञ्चका नेता धनबहादुर महर्जनसहित पार्टी प्रवेश

काठमाडौं,  वैशाख २५ गते । माेहन वैद्य 'किरण' र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे पार्टी परित्याग गर्दै केही नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएकाे छ ।

वैद्य माओवादीको केन्द्रीय सदस्य तथा वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईंको नेतृत्वमा केही नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यस्तै, नेत्रविक्रम चन्द 'विप्लव' परित्याग गरेर जनसमाजवादी मञ्चमा रहनुभएका केन्द्रीय सदस्य धनबहादुर महर्जनसहितका नेता तथा कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा अध्यक्ष प्रचण्डले उहाँहरूलाई स्वागत गर्नुभएकाे थियाे ।