कान्छो सगरमाथा आरोही शम्भु तामाङ सिकिस्त
सगरमाथाको पहिलो पटक सानै उमेरमा आरोहण गर्नुहुने कान्छो आरोही शम्भु तामाङ क्यान्सर रोगका कारण सिकिस्त अवस्थामा हुनुहुन्छ । सिन्धुपाल्चोक रिस्याङ्खु मुल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङ नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा भर्ना हुनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको उद्घाटन
नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको उद्घाटन भएको छ । आइतबार विहान सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको उद्घाटन गर्नुभएको हो ।
बुढीगण्डकी आयोजनाका ३४ सय प्रभावित परिवारलाई मुआब्जा वितरण
बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावितहरुले घर गोठ, बोटबिरुवा र फलफूलको मुआब्जा रकम पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुर्नबास तथा पुर्नस्थापना इकाईका अनुसार हालसम्म कुल चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ ।
लैङ्गिक हिंसा न्यूनीकरणमा एकद्वार संकट व्यवस्थापन केन्द्र कति प्रभावकारी ?
लैङ्गिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित-प्रभावित हुने गरेका छन् । यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ ।
कार्यसम्पादन सन्तोषजनक देखिएन
बागमती प्रदेशका मन्त्रालय र मातहतका कार्यालयको कार्यसम्पादन सन्तोषजनक नरहेको पाइएको छ । बागमती प्रदेश सभाअन्तर्गत लेखा समितिले सरकारमा आफ्नै नीति तथा कार्यक्रममा समावेश भएका अधिकांश कार्यक्रम कार्यान्वयन नभएकाले सरकारको कार्यसम्पादन अवस्था सन्तोषजनक नरहेको पाइएको निष्कर्ष निकालेको हो ।
प्रशारण लाइनको तारमा एक पुरूष हिँडेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द
जिल्लाको ककनी गाउँपालिकामा एक पुरुष विद्युत् प्रशारण लाइनको तारमा हिँडिरहेका छन् । स्थानीय जयबहादुर तामाङले शनिबार बिहान ९ बजे विद्युत् प्रशारण लाइनको टावरबाट तारमा हिँडिरहेको बताउनुभयो ।
नुवाकोटमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या
नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।
समन्वय समितिका पदाधिकारीद्वारा शपथ ग्रहण
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) नुवाकोटका पदाधिकारीले शुक्रवार पद तथा गोपनियता शपथ लिनुभएको छ । शपथसँगै पदाधिकारी तथा सदस्यहरुले आफ्नो काम शुरु गर्नुभएको छ ।
एनएमएको अध्यक्षमा निमानुरु निर्वाचित
नेपाल पर्वतारोहण सङ्घको शुक्रबार सम्पन्न निर्वाचनबाट निमानुरु शेर्पा निर्वाचित हुनु भएको छ । शेर्पाले प्रत्यासी राजेन्द्र मान श्रेष्ठलाई ६१३ मतान्तरले पछि पार्दै विजयी हुनु भएको छ ।