काठमाडौँको रैथानेका रुपमा व्यवहार गर्न नगरप्रमुख वालेन्द्र साहको आग्रह
काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले काठमाडौं महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरुलाई सम्मान गर्नुभएको छ ।
भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी
काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
खो खो राष्ट्रिय खेलाडीद्वय तालिमको लागि भारत प्रस्थान
एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ ।
बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे
बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
श्वासनलीमा अड्किएको पेन्सिल निकालियो
पनौती नगरपालिका–९ जाकिडोलका तीन वर्षीय बालक प्रयत्न श्रेष्ठको श्वासनलीमा अड्किएको पेन्सिल (सिसाकलम) शल्यक्रिया गरी निकालिएको छ । धुलिखेल अस्पतालले सफल शल्यक्रिया गरी श्वासनलीबाट पेन्सिल निकालेको हो ।
देउवा सरकारका वर्ष दिन
– पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल । – स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रूपमा सम्पन्न भई सङ्घीय र प्रदेश सभाको चुनाव गर्ने सुनिश्चितता भएको छ ।
गैरआवासीय नेपालीको नागरिकता समस्याबारे पहल गर्ने अध्यक्ष दाहालको प्रतिवद्धता
ललितपुर, असार २८ गते। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ। मंगलवार खुमलटारमा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलसँगको भेटघाटमा उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराएर समस्याको समाधानका लागि प्रतिवद्ध छौं।” भेटवार्तामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषय समावेश गरेर सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादीको तर्फबाट भएको पहलका लागि धन्यवाद दिएका थिए। उनीहरुले ८० लाख गैरआवासीय नेपालीको अधिकार सुनिश्चितताको पहल गर्न विधेयक सदनबाट पास हुनुपर्ने माग राखेका छन्। उक्त भेटघाट कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो। यसैगरी, संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वको उपस्थिति थियो।
सडकमा कार्यालय सञ्चालन गरेर विरोधमा उत्रिए वडाअध्यक्ष
काठमाडौं, असार २८ गते। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर नगरकोटका वडाअध्यक्ष धनबहादुर लामाले सडकमा कार्यालय सञ्चालन गर्नुभएको छ। उहाँले सोमबारदेखि सांकेतिक विरोध स्वरुप सडकमा वडा कार्यालयको काम सुरु गर्नुभएको हो।सडक निर्माणका लागि सरोकारवाला निकायमा पटक–पटक अनुरोध गर्दा पनि सडक लथालिङ्ग राखिएका कारण विरोध जनाउनुपरेको उहाँको भनाइ छ। लामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सो वडाको अध्यक्षमा निर्वाचित हुनुभएको हो।
एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश
नेकपा (एमाले)को भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।