सवा करोड नहुँदा सञ्चालन भएनन् आठ पुल
नारायणगढ–मुग्लिन सडकमा सवा अर्बभन्दा बढी रुपियाँको लागतमा निर्माण भइरहेका १५ वटा पुलमध्ये आठवटा बनिसकेका छन् । ती पुलमा मोटर गुडाउन मजाले सकिन्छ तर सवा करोडभन्दा थोरै बढी बजेट नपाउँदा सडक विभागलाई पुल हस्तान्तरण गरेर सञ्चालन गर्न सकिएको छैन । १५ वटै पुलको कुल लागत भने एक अर्ब २७ करोड पाँच लाख रुपियाँ छ । सञ्चालन गर्न आवश्यक भने एक करोड १८ लाख रुपियाँ मात्र हो ।
भरतपुर नमुना सहर बन्ने दिशामा
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना सहर बन्ने दिशामा अगाडि बढेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले बुधबार आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दाहालले नमुना सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना सहर बन्ने उल्लेख गर्नुभयो ।
भृकुटीमण्डपको आगलागी : पाँच करोड बढीको क्षति
काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय अपाङ कोष र समाज कल्याण परिषद्ले सामान भण्डारण गरेको गोदाममा आगलागी हुँदा पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कुखुरा खान आएको चितुवाको आक्रमणमा परी पाँच जना घाइते
नागार्जुन नगरपालिका– ८ दर्शनखोलामा बुधबार राती करिव १ः०० बजे कुखुरा खान आएको चितुवाले आक्रमण गर्दा स्थानीय पाँच जना घाइते भएका छन् ।
भृकुटीमण्डपमा आज पनि आगलागी
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो फेरि सुरु भएको छ । विहीबार विहानै देखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
मेलम्ची बस्ती जोगाउन तटबन्ध
सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नदीले कटान गर्न सक्ने र जोखिम निम्तिन सक्ने सडक, बजार र विद्यालय क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिनुभयो । गत वर्ष असार १ गते मेलम्चीमा आएको बाढीले क्षति पु-याएको हेलम्बुदेखि काभे्रको दोलालघाटसम्मको नदी कोरिडोरमा तटबन्ध निर्माण भइरहेको छ ।
लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षण
राष्ट्रिय महिला आयोगलाई अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षणपत्र दिइएको छ ।
कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम
आदिकवि भानुभक्त आचार्यको २०९ औँ भानुजयन्तीको तथा गुरुपूर्णिमाको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम हुनुभएको छ ।
काठमाडौँको रैथानेका रुपमा व्यवहार गर्न नगरप्रमुख वालेन्द्र साहको आग्रह
काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले काठमाडौं महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरुलाई सम्मान गर्नुभएको छ ।