• १९ असार २०८१, बुधबार

चलचित्र विकास बोर्डले पायो २३ वर्षपछि लोगो

blog

काठमाडौँ, असार १७ गते । चलचित्र विकास बोर्डको स्थापना भएको २३ वर्षपछि लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गर्नुभएको हो ।

लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्माण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवम् वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गर्नुभएको हो । लोगोमा नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ ।

लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ । यस अघि बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्ने गरेको थियो । चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो ।