• १७ असार २०८१, सोमबार

पुल संरचना भाँचियो

blog

चरीकोट, असार १२ गते  । दोलखाको बिगु गाउँपालिका–४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ । पुल निर्माणका लागि खोलामा राखिएको ग्याबिन बाढीले बगाउँदा पुल संरचना भाँचिएको हो ।  पालिकाका सबइन्जिनियर सरोज खड्काले भन्नुभयो, ग्याबियन जाली भासिएर लगाएका टेकाले ठाउँ छोडेपछि पुल भाँचिएको हो ।

पुल ढलानका लागि डन्डी बाँध्ने काम भइरहेको थियो । विज्ञहरूको सरसल्लाह लिएर मात्र पुल निर्माण गर्न आग्रह गरिए पनि सो हुनसकेको थिएन । सिँगटी हाइड्रो पावरको ८० प्रतिशत र पालिकाको २० प्रतिशत लगानी साझेदारीमा यो पुल निर्माण सुरु गरिएको थियो ।

पुल निर्माणको काम त्रिवेणी शेर्पा लाहा जेभीले दुई करोड १६ लाख रुपियाँमा जिम्मा लिएको हो । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कोरोना भाइरसको जोखिम, निर्माण व्यवसायीको हड्ताललगायतले निर्माण ढिलाइ भएको हो । म्याद थपको प्रक्रिया अघि बढिरहेको जनाइएको छ । वडा नम्बर ५, ६, ७ र ८ लाई जोड्ने यो पुलको लम्बाइ २५ मिटर छ ।