राष्ट्रपति भण्डारी सुर्खेतमा
राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुग्नुभएको छ ।
कामदारले ज्याला नपाएपछि उजुरी
सिमकोट गाउँपालिका–७, चुकेनी बस्तीस्थित खानेपानी योजनामा रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । योजनाको काम सम्पन्न नगरी उपभोक्ता समितिलाई बजेट भुक्तानी भएको तर उपभोक्ता समितिका अध्यक्षले कामदारलाई रकम नदिएको आरोप उजुरीमा उल्लेख छ ।
बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग
कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भन्नुभयो । “छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उहाँले भन्नुभयो, “ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।”
बादी समुदायवाट पहिलो कार्यपालिका सदस्य
जाजरकोट, जेठ १७ गते । जिल्लाको भेरी नगरपालिका वार्ड नं. १ रावतगाउँका डोटे बादी नगरकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । बादी समुदायबाट पहलिो पटक स्थानीय तह सरकारमा सहभागिता जनाउन पाएको भन्दै यहाँका वादीबस्ती निकै हर्षित भएका छन ।नगरकार्यपालिकाको निर्वाचनमा सत्ता गठवन्धनको तर्फवाट नेपाली काँग्रेसले उहाँलाई अल्पसंख्यक पुरुषवाट उम्मेदवार वनाएको थियो त्यसपछि उहाँ निर्वाचित हुनु भएको थियो । स्थानीय बादी अगुवा तीले बादी आफ्नो जातीवाट कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले आफूहरुका सवाल उठाउनेमा आसावादी रहेको बताउनुभयो । आफूहरुको पुर्खेउली पेशा मादल व्यवसायलाई उत्थान गर्न आवाज उठाउनेमा आसावादी भएको तिले वताउनु हुन्छ । बादी समुदायका लागि परीवारको आधारभुत आवस्यकता र छोराछोरीको शिक्षा प्रदान गराउनका लागि लागि पर्ने बताउनु भयो । बादी समुदायले परम्परादेखि अपनाउँदै आएको सुल्पा वनाउने र मादल वनाउने पेशालाई परिमार्जन गरी विस्तार गर्ने योजना राखेको बताउनु भयो ।
कामै नगरी रकम भुक्तानी खोज्नेविरुद्ध अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्ला आठविस नगरपालिका ८ मा रहेको गणेश आधारभुत विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार आरोप पत्र दायर गरेको छ ।
कर्णालीमा छैन रासायनिक मल, रित्तै छ गोदाम
मानो रोपेर मुरी उब्जाउने सिजन शुरु भइसकेको कर्णाली प्रदेशमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डीएपी र १० टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया मल राख्ने गोदाम भने रित्तै छ ।
घाइते वडा सभापति भण्डारीलाई सुर्खेत लगियो
नेपाली काँग्रेस अदानचुली गाउँपालिका– २ का वडा सभापति रतन भण्डारी कुटपिटबाट गम्भीर घाईते हुनु भएपछि उपचारका लागि उहाँलाई जिल्ला बाहिर सुर्खेत रिफर गरिएको छ । गाउँपालिकाको स्वास्थ्य चौकीमा उहाँको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले उहाँलाई जिल्ला बाहिर रिफर गर्नुभएको हो ।
कर्णालीले खसभाषा संरक्षण गर्नुपर्छ : अध्यक्ष अवस्थी
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मातृभाषाको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र ईतिहास बोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
जाजरकोटको चार पालिकाको कार्यपालिका सदस्यमा गठबन्धन बिजयी
वासुदेव शर्माजाजरकोट, जेठ १६ गते । जाजरकोटका भेरी, छेडागाड नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोटमा कार्यपालिका गठन भएको छ । भेरी, छेडागाड, जुनीचाँदे, शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काग्रेस र नेकपा (माओवादी केन्द्र) का सदस्य बिजयी भएका छन् । कुशेमा काग्रेस र बारेकोटमा नेकपा (एमाले) एकलौटी कार्यपालिका सदस्य चयन गरेको हो । भेरी नगरपालिकाको नगर कार्यपालिका निर्वाचनबाट सत्ता गठबन्धनका उमेदवार बिजयी भएका छन् । नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा काँग्रेसको तर्फबाट चार, माओबादी केन्द्रको तर्फबाट चार सदस्य बिजयी भएका हुन् । नगर कार्यपालिकामा ५ जना निर्वाचित र ३ जना गरी ८ जना समावेशी खुल्ला सदस्य निर्वाचित हुने व्यवस्था छ । गत वैशाख ३० गते निर्वाचित भएको नगरप्रमुख, नगर उपप्रमुख वडा अध्यक्ष वडा सदस्यहरुले मतदान गर्नुभएको थियो ।मुख्य निर्वाचन कार्यालयमा भएको निर्वाचनमा सत्ता गठबन्धन दल काँग्रेसको तर्फबाट दलित अल्पसंख्यक सदस्यमा डोटे बादी, महिला सदस्यमा कालीका खत्री, भिमकुमारी पुन, सिर्जना घर्ती माओवादीको तर्फबाट खुल्ला सदस्य पदमा मनिराम दमाई, गोपाल लुहार महिला सदस्यमा लिलादेबी गौतम विक, मोति नेपाली कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । त्यसैगरी शिवालय गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यमा गठबन्धन दल नेपाली काँग्रेसबाट खुल्ला दलित अल्पसंख्यक सदस्यमा शेरबहादुर नेपाली (बादी) महिला सदस्यमा तारा थापामगर, पुष्पा बिक, माओबादी केन्द्रको तर्फबाट खुल्ला दलित अल्पसंख्यक सदस्यमा लिले सुनार महिला सदस्यतर्फ भबिसरा बिसी, पार्वती विक निर्वाचित हुनुभएको छ । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा सत्ता गठबन्धन दलबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भेरी, छेडा, शिवालय र जुनीचाँदेमा कार्यपालिका सदस्य काँग्रेस र माओवादी केन्द्रबाट बिजयी भएका छन । बारेकोटमा एमालेको बहुमत पुगेका कारण कार्यपालिका सदस्यमा पूरै बिजयी भएका छन् । कुशे गाउँपालिकामा काँग्रेसको बहुमत भएका कारण पूरै काँग्रेसका सदस्य बिजयी भएका हुन् । कार्यपालिका सदस्यहरुको पालिकामा महत्वपुर्ण भुमिका रहने भएकाले पालिकाका कार्यक्रम कार्यपालिका सदस्यबाट अनुमोदन भएपछि लागुहुने व्यवस्था छ । नगरपालिका तथा गाउँपालिकाले पूर्णता पाएका छन् । कार्यपालिका सदस्यसँगै पालिकालाई नियमित कार्य सञ्चालन गर्ने ढोका खुल्ला भएको छ । नलगाड नगरपालिकामा आज कार्यपालिका सदस्य चयनका लागि आज मतदान हुनेभएको छ ।