• १३ असोज २०८१, आइतबार

भालुको आक्रमणमा एक जना घाइते

blog

हुम्ला, जेठ १७ गते। मङ्गलबार दिउँसो नाम्खा गाउँपालिका-४ को याल्वाङमा भालुको आक्रमणमा परेर एकजना घाइते हुनुभएको छ। 

घरबाट घट्टतर्फ जाँदै गर्दा बाटोमा भालुले आक्रमण गरेको हो।  प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार भालुको आक्रमणबाट स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते हुनुभएको हो। 

घाइते लामाको कान र हातमा चोट लागेको छ। लामाको दायाँ कान च्यातिएको छ। घाइते लामालाई नाम्खा गाउँपालिका याल्वाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल हुम्लामा रेफर गरिएको छ।