रुकुम–पश्चिमका कार्यपालिकाले पाए पूर्णता
रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । पछिल्लो पटक मुसीकोट नगर कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिका पूर्णता पाएका हुन् ।
बाजुरामा खानेपानी हाहाकार
बाजुरामा बाढीपहिरोको कारण मुहान सुक्खा भएपछि अहिले त्यहाँका स्थानीयहरुलाई खानेपानीको हाहार भएको छ । गत जेठ , असार र साउँनमा आएको अविरल वर्षात्का कारण खानेपानीको मुहानमा पहिरो जाँदा ती मुहान अहिले सुक्दै गएका छन् ।
विश्व वातावरण दिवसमा निबन्ध प्रतियोगिता
विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कर्णाली माविका छात्र धिराज शाही प्रथम हुनु भएको छ । १६ जना प्रतिष्पर्धीलाई उछिन्दै शाही प्रथम हुन सफल हुनु भएको हो ।
हिल्सावासी उत्साहित
उत्तरी चीनसँगको सिमाना हिल्सा बजार व्यवस्थित सहर बन्ने भएपछि हिल्सावासी उत्साहित भएका छन् । आगामी वर्षको बजेटमा व्यवस्थित सहर निर्माणका लागि विस्तृत अध्ययन गर्ने भएपछि स्थानीयमा खुसियाली छाएको हो ।
विद्यालय तोडफोड गर्ने दुई युवा पक्राउ
जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेत स्थित जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेको आरोपमा जनक वली र बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
रानीवनमा वृक्षारोपण
विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो ।
तेब्बर भाडा असुल्दै व्यवसायी मर्कामा यात्रु, प्रशासन मौन
यातायात व्यवसायीले कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्ला–कवाडी र बाजुराको कोल्टीसम्मको निर्धारित भाडादरभन्दा तेब्बर बढी असुल्ने गरेका छन् । इन्धनको मूल्य वृद्धि भएको बहानामा व्यवसायीले सरकारीस्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुल्ने गरिएको हो । सरकारले डिजलको मूल्य घटाए पनि कर्णाली कोरिडोरमा यातायात सञ्चालन गर्ने व्यवसायीले मनोमानी रूपमा भाडा असुल्दा स्थानीय प्रशासन मौन रहने गरेको छ ।
उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित
मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।
आर्थिक अभावमा छटपटाइरहेका छन् मिर्गाैलापीडित खत्री
नेत्र शाहीजुम्ला, जेठ २१ गते । जुम्ला तातोपानी गाउँपालिका २ निवासी ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावमा उपचारविहीन हुनुभएको छ । खत्रीका दुबै मिर्गाैलाले काम नगरेपछि उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहुनभएको हो । घरको आर्थिक अवस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ ।