• २७ वैशाख २०८१, बिहिबार

उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

blog

राजन रावत

हुम्ला, जेठ २१ गते । मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले राष्ट्रले सुुम्पेको जिम्मेवारी कार्य कुशलता, स्वच्छ, निष्पक्ष रुपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सबै राष्ट्र सेवकमध्येबाट उत्कृष्ट ठहरिएका कर्मचारीलाई सम्मान गरिएको बताउनुुभयो । यसरी निर्वाचनमा मतदान केन्द्रदेखि सबै तह र तप्कामा खटिएर उत्कृष्ट काम सम्पन्न गर्ने कर्मचारीलाई पहिलो पटक स्थानीय प्रशासनले प्रशंसापत्र प्रदान गरेर पहिलो पटक सम्मान गरेको हो । 

सम्मानित हुनेमा ३६ जना कर्मचारी हुनुुहुन्छ । उहाँहरु कार्यालय सहयोगीदेखि सुरक्षाकर्मी, मतदान अधिकृत, निर्वाचन अधिकृत, कमाण्ड पोष्टमा खटिने कर्मचारीहरु हुनुुहुन्छ । उहाँहरुलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेल र प्रमुख जिल्ला अधिकारी सीता परियारले प्रसंशापत्र प्रदान गरेर सम्मानित गर्नुभयो । 

सो कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पौडेलले असहज परिस्थितीमा पनि निर्भयकासाथ आफ्नो जिम्मेवारी पूरा गर्ने कर्मचारी लगायत सबैलाई धन्यावद दिनुुभयो । जिल्लाभरी निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको भन्दै उहाँले यसमा सबै कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकरी निर्वाचनमा खटिने कर्मचारी प्रोत्साहन गर्न पनि जिल्लामा नयाँ कार्यक्रमको थालनी गरिएको बताउनुुभयो । यसबाट कर्मचारीमा निर्वाचनमा खटिंदा पनि मुल्याङ्कन हुन्छ भन्ने भावना जागृत गराउन कार्यक्रम गरिएको बताउनुुभयो । 

समग्रमा हुुम्लामा निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएपनि चारवटा मतदान केन्द्रमा केही बिबाद हुँदा सुरक्षाकर्मीलाई हवाई फायर गर्नुपरेको थियो । एक जना खटिएका कार्यालय सहयोगी घाईते भएर हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।