• २७ वैशाख २०८१, बिहिबार

विद्यालय तोडफोड गर्ने दुई युवा पक्राउ

blog

जनकल्याण आधारभुत विद्यालय तोडफोड आरोपमा पक्राउ परेका जनक वली र बिनोद खत्री । तस्बिर: वासुदेव शर्मा

जाजरकोट, जेठ २३ गते । जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेत स्थित जनकल्याण आधारभूत विद्यालयमा तोडफोड गरेको आरोपमा जनक वली र बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

विद्यालयको ढोका तोडफोड गरी कोठा भित्रका महत्वपूर्ण सामग्री नष्ट गरेको आरोमा नलगाड नगरपालिका ५ का २० वर्षीय जनक वली र २१ वर्षीय बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही सुरु गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । 

 आरोपित युवाले विद्यालयको ढोका फोडी कम्प्युटर, कर्सी,  टेबुललगायतका सामग्रीहरु तोडफोड गरेको जनाएको छ । 

उनीहरुलाई जिल्ला अदालतबाट सात सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको  प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो । जनकल्याण आधारभूत विद्यालयका शिक्षक मदन रावलका अनुसार युवाहरुले आठ देखि १० लाख बरावर क्षति पुराएकाे बताउनुभयो । 

Author

वासुदेव शर्मा