• २८ वैशाख २०८१, शुक्रबार

विश्व वातावरण दिवसमा निबन्ध प्रतियोगिता

blog

हुुम्ला जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कर्णाली माविका छात्र धिराज शाही प्रथम हुनु भएको छ । १६ जना प्रतिष्पर्धीलाई उछिन्दै शाही प्रथम हुन सफल हुनु भएको हो । 

डिभिजन वन कार्यालयकी प्रमुख रेनुका न्यौपानेले “हाम्रो पृथ्वी” शिर्षकको मावि स्तरीय खुल्ला निबन्ध प्रतियोगितामा सिमकोट गाउँपालिका–७ को कर्णाली माध्यमिक विद्यालयका छात्र शाही प्रथम स्थान प्राप्त गर्न सफल भएको बताउनुभयो । प्रतियोगितामा बालमन्दिर माध्यमिक विद्यालयकी सावित्री बोहरा द्धितीय, मानसरोवर माविकी छोइसाङ ओङ्मु तामाङ तृतीय र सान्त्वनामा बालमन्दिरकी सपुुरा भण्डारी, मानसरोवरकी निमा छोईजुम तामाङ र रलिङ माविकी सजना बोहरा हुनु भएको थियो ।

प्रतियोगितामा विजेता प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीलाई क्रमश चार हजार पाँच सय, तीन हजार, एक हजार पाँच सय र पाँच सय रुपियाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पृथ्वी शिर्षकमा उहाँहरुले एक हजारदेखि एक हजार पाँच सय शब्दमा निबन्ध लेखेका थिए । प्रतियोगितामा विजेतालाई पुरस्कार प्रदान गरिएकाे थियाे । 

Author

राजन रावत