कुलाे पुनःनिर्माण भएपछि मार्सी धानको रोपाई सुचारु
नेत्र शाही जुम्ला, जेठ २१ गते । तातोपानी गाउँपालिका १ स्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाई सुचारु भएको छ । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानीज्यूलोसहित तातोपानी र तिलाको भरीखोला क्षेत्रका सिँचाई कुलाहरु बगेपछि सिँचाई प्रभावित भएको थियो । अहिले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु गर्ने प्रयास गरिएको छ । तातोपानी १ अन्तरगत पर्ने रानीज्यूलो कुलो बाढीले बगाएको स्थानको आरसीसी गरेपछि सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको ७ लाख र स्थानीयको एक लाख रुपियाँ श्रमदानमा उक्त कुलो बाढीले बगाएको स्थानमा ४१ मिटर आरसीसी र अन्य काम गरेपछि पानी सुचारु भएर रोपाई भएको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार विपतले बगाएको रानीज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ रानिज्यूलोमा करिब १५, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । उहाँले विपतले धान रोप्न नपाइने हो की भन्ने थियो तर अव यो वर्ष जेनतेन पानी पु¥याउन कृषि विकास कार्यालयको कार्यक्रमले राहात दिएको बताउनुभयो । उहाँका अनुसार अव यो वर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले ध्यान नदिएमा फेरि बगाउने डर उत्तिकै छ ।
जिल्ला बाहिर रिफर गरिएका बिरामी तीन दिनदेखि अस्पतालमै बस्न बाध्य
हुुम्ला समाचारदाताहुुम्ला, जेठ २१ गते । उपचार हुन नसक्ने भन्दै अस्पतालले जिल्ला बाहिर रिफर गरिएका दुुई जना बिरामी अस्पतालमै बस्न बाध्य भएका छन् । उडान नहुुँनुु र भएपनि कम उडान भएको कारण टिकट नपाएपछि बिरामी अस्पतालमै बस्न बाध्य भएका हुन् । अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिन अघि अस्पतालले उपाचार हुन नसक्ने भन्दै रिफर गरिएका बिरामीले टिकट नपाएर अस्पतालमा बस्न बाध्य हुँदै आएको बताउनुुभयो । यसरी रिफर गरेर पनि उपचार गर्न नपाउनेमा सर्केगार्ड गाउँपालिका–६ को बराई गाउँका रुपधन बुढाथोकी रहनुु भएको छ । दमको बिरामी उहाँलाई स्वासप्रस्वासमा समस्या देखिएपछि चिकीत्सकले जिल्ला बाहिर रिफर गर्नु भएको होे ।यसैगरी अर्का बिरामी सोही गाउँपालिका ६ नम्बर वडाकै सात बर्षीय केपी ऐडी हुनुहुन्छ । रुखबाट लडेर आँखा तथा शरिरमा चोट लागेका ऐडीलाई यहाँको अस्पतालमा उपचार हुन नसक्ने भन्दै रिफर गरिएको थियो । दुुवै जना बिरामीलाई तीन दिन अगाडि अस्पतालले रिफर गरेको थियो । बुधवार र बिहीबार लगातार उडान नएको र शुक्रबार तारा एयरले एउटा मात्र उडान भरेपनि टिकट नपाएपछि जान नसकेको बिरामीका आफन्तले बताउनुभयो । अस्पतालमा उपचार नहुुने भएपनि बाहिर जान नपाए पछि दुुवै बिरामीलाई अस्पतालकै वार्डमा राखिएको छ । प्रमुख जिल्ला अधिकरी सीता परियारले रिफर गरिएका बिरामीलाई पठाउन नसकिएकोमा दुःख ब्यक्त गर्नुभयो । निजी एयरलाईन्सहरुको मनलाग्दी टिकट बितरण गर्ने कार्यले बिरामीको समेत उद्धार गर्न कठिन भएको हो ।
आपत्कालीन प्रतिकार्य र विपत्का लागि बजेट
नेपाल रेडक्रस सोसाइटी कालीकोट जिल्ला शाखाले आपत्कालीन प्रतिकार्य कार्यक्रमका लागि एक करोड २६ लाख रुपियाँ खर्च गर्ने भएको छ । रेडक्रसले जिल्लाको नरहरिनाथ गाउँपालिकासँगको साझेदारीमा सो बजेट खर्च गर्न लागेको हो ।
घरमा ढोका लगाएर पाटनमै व्यस्त
का मानिसहरू यार्सागुम्बा खोज्न पाटनतर्फ गएकाले डोल्पाका गाउँबस्ती यतिबेला सुनसान छन् । उनीहरू हिमाली सुन भनेर चिनिने यार्सागुम्बा टिप्न गएपछि गाउँघर सुनसान बनेका हुन् ।त्रिपुरासुन्दरी नगरपालिका–१ का ७९ वर्षीय रविप्रसाद न्यौपानेले भन्नुभयो, “सबै जना यार्सागुम्बा टिप्नका लागि पाटन गएकाले गाउँ सुनसान छ । घर कुरुवालाई समय कटाउन साथी पनि छैनन् ।”
सेनाद्वारा विद्यालय भवन हस्तान्तरण
देशको आन्तरिक तथा बाह्य सुरक्षादेखि विकास निर्माण, विपद व्यवस्थापन तथा उद्दारमा महत्वपूर्ण भुमिका खेल्दैआएको नेपाली सेनलाले नागरिकसँगै रहेर सामाजिक कार्य गर्दैआएको छ । सोहीअनुसार पश्चिम कमाण्ड हेडक्वाटरको ‘कमाण्ड प्रतिवद्धता २०७८’ घोषणा गरेको थियो ।
निर्धारित भाडादरभन्दा तेब्बर असुुल्दै यातायात व्यवसायी
कर्णालाी करिडोरको हुुम्ला खण्डको सलीसल्लादेखि कवाडी र बाजुुराको कोल्टीसम्म निजी यातायात ब्यवासायीले निर्धारित भाडादरभन्दा तेब्बर असुुल्नेगरेको पाइएको छ । नीति यातायात ब्यवसायीले मनोमानी ढङ्गबाट भाडा असुुल्नुु र इन्धनको मुल्यबृद्धि भएको भन्दै सरकारी स्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुुल्ने गरेको देखिएको हो ।
नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध
राजन राउतहुम्ला, जेठ २० गते ।दुई दिनदेखि नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान हुन सकेको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरण, नेपालगञ्जले हुम्ला मात्र नभई नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिमको बाजुराको कोल्टीका लागि कुनै पनि उडान हुन नसकेको जनाएको हो ।मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने प्राधिकरणको नयाँ नियमका कारण यस क्षेत्रमा उडान हुन नसकेको सम्बन्धित विमान सेवा कम्पनीले जनाएका छन् । प्रविधिको प्रयोग गर्न नसकिने र आँखाले हेरेको भरमा उडान र अवतरण गर्नुपर्ने विमानस्थलमा यो नियम पालनामा कडाइ गरिएको छ । यसअघि उडान हुने र अवतरण हुने विमानस्थलको मौसमको अवस्थाका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको अनुमति दिँदै आएकामा अहिले दुवै विमानस्थलको अतिरिक्त उडान मार्ग (इनरुट)को मौसम पनि राम्रो भएमा मात्रै उडान अनुमति दिन थालिएको हो । कहिले मौसम राम्रो नभएको त कहिले मौसमसम्बन्धी जानकारी नहुँदा दुई दिनयता कर्णालीमा कुनै पनि विमान सेवा कम्पनीका जहाजले उडान भर्न नसकेका हुन् । नेपालगञ्जबाट कर्णालीका हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान हुने गर्छ । मौसम पूर्वानुमान महाशाखाबाट मौसमसम्बन्धी जानकारी नआउने भएका कारण समस्या देखिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयले जनाएको छ । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्ययन प्राधिकरणले नयाँ नियम ल्याएपछि कर्णालीमा उडान प्रभावित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख मोहन गिरीले दुई दिनयता हुम्लामा कुनै पनि उडान हुन नसेको बताउनुभयो । उहाँले हुम्लाका लागि कालीकोट र दैलेख क्षेत्रको ‘इनरुट’को मौसमको जानकारी नआएका कारण प्राधिकरणको नेपालगञ्ज कार्यालयले उडान भर्ने अनुमति नदिएको जानकारी दिनुभयो । बाजुुराको कोल्टी विमानस्थलले मौसमको विवरण उपलब्ध गराउने भए पनि कालीकोट र दैलेख क्षेत्रको ‘इनरुट’को मौसमको विवरण प्राधिकरणलाई लिन समस्या रहेको बताइएको छ । बुधबारदेखि हुम्लाको मौसम उडान भर्न उपयुक्त भए पनि उडान हुन नसक्नुको कारण ‘इनरुट’को मौसमको जानकारी नहुनु रहेको गिरीले बताउनुभयो । सिमकोटमा तारा एयरले दुई दिनदेखि यात्रुलाई बोर्डिङ पास हातमा थमाएको भए पनि बिहीबार १ बजेसम्म विमानस्थलमा कुराएर फिर्ता पठाएको छ । उडान नहुँदा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका यात्रु बढी प्रभावित भएका छन् ।खराब मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि प्राधिकरणले मौसमको रिपोर्टका आधारमा मात्रै उडान अनुमति दिन थालेको हो । नयाँ व्यवस्थाअनुसार प्रविधि जडान नभएका विमान र विमानस्थलबाट उडान मार्ग (इनरुट)को मौसमलाई पनि हेर्न थालिएको हो । यसअघि विमान उडान हुने र अवतरण हुने विमानस्थलको मौसमका आधारमा मात्रै उडान अनुमति दिइन्थ्यो । दुर्घटना न्यूनीकरणका लागि यो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित
नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका अधिकांश विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक पुगेका छैनन् । ढुवानीको समस्या देखाउँदै कर्णालीका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पु-याइएको छैन ।
चार करोड पेश्की लिएको छ महिनासम्म सडकको काम अलपत्र
प्रेमराज सिम्खडा कालिकोट, जेठ १९ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुल सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिका भित्रको मूल सडक शान्तिघाट सिपखाना सडक अन्र्तगत शान्तिघाटबाट वडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न गएको पुसमा काम सुरु भएको थियो । निर्माण कम्पनीले स्र्काभेटरसहित ल्याएर काम सुरु भएको र सुरुमा साँघुरो सडकलाई फराकिलो गर्ने बताएको थियो । औपचारिक शिलान्यास भएको छ महिना पुग्दासम्म पनि कुनै पनि काम भएको छैन । निर्माण कम्पनीले काम गर्ने भन्दै अग्रिम भुक्तानी (पेश्की)वापत चार करोड ४० लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निमार्ण कम्पनीलाई यही जेठ ३ गते पत्राचार गरेर साईडमा आएर काम गर्न निर्देशन गरेको जानकारी दिनुभयो । निर्माण कम्पन्नी केएस शनिदेव जेभिले सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले २५ करोड ५५ हजारमा सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको एक वर्ष पुग्दा सम्म एक प्रतिसत पनि माम भएको छैन ।