लिमीको स्रोत केन्द्रमा ११४ चौरी थपिए
नाम्खा गाउँपालिका–६ को लिमीको चौरी स्रोत केन्द्रमा ११४ वटा चौरी थपिएका छन् । चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौरी पालन स्रोत केन्द्र स्थापना गरेर चौरी थप्ने कार्य जारी रहेको हो ।
सिमकोट कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन निर्वाचित
राजन रावतहुुम्ला, वैशाख १५ गते । आईतवार कार्यपालिका सदस्यहरुका लागि भएको निर्वाचनमा गठबन्धन दलहरु निर्वाचित भएका छन् । गठबन्धन दलमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट तीन–तीन सदस्यहरु निर्वाचित भएका हुन् । दलित तथा अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा चार मत बदर भएको छ । दुुई जना सदस्यले गठबन्धन दलहरुले एक एक पदका लागि उम्मेदवारी दिनुुभएको थियो । जसमा काँग्रेसका गोपाल बिल २६ मत ल्याएर बिजयी हुनुभयो । भने माअोवादी केन्द्रका टसी बिकले २५ मत ल्याएर बिजयी हुनुभयो । उहाँहरुमध्ये गोपालको तीन मत र टसीको चार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी पदका लागि एमालेले एक जनामा मात्र उम्मेदवारी दिएको थियो । सो दलको उम्मेदवार १२ मत ल्याएर पराजित हुनुभयो । सिमकोट गाउँपालिकामा वडा अध्यक्ष र सदस्य गरी एमालेले १३ पदमा बिजेता हाँसिल गरेको थियो ।गठबन्धनका उम्मेदवारलाई एमालेको पनि मतस्थानीय तह निर्वाचन अन्तर्गत आईतवार कार्यपालिका सदस्यहरुका लागि भएको निर्वाचनमा गठबन्धन दलका दुुई जना महिला सदस्यलाई एमालेको पनि मत परेको पाइएको छ । गठबन्धन दलहरु काँग्रेस र माओवादी केन्द्रको गरी सिमकोट गाउँपालिकामा २९ मत थियो । दुुई जना सदस्यलाई भने ३० मत परेको थियो । मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले गठबन्धन दलको काँग्रेसबाट उम्मेदवारी दिनुुभएकी गुुहेला रावत र अर्की महिला सदस्य माओवादी केन्द्रकी काङ्सो लामालाई तीस तीस मत परेर बिजयी हुनुुभएको बताउनुुभयो । स्थानीय तह निर्वाचनबाट सिमकोट गाउँपालिकामा गाउँसभाका लागि काँग्रेसका उपाध्यक्षसहित १५ र माओवादी केन्द्रका अध्यक्षसहित १४ जना निर्वाचित भएका हुन । निर्वाचित हुनुुपर्ने अर्का दुुई जना सदस्य काँग्रेसकी कल्पना लामाले २९ र माअोवादी केन्द्रकी डाँफु बोहराले २९ मत ल्याएर बिजयी हुनुुभयो । सो पदका लागि एमालेले दुुई जनाको उम्मेदवारी दिएको भएपनि पराजित भएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
पाँच वर्षको सम्पूर्ण तलब/भत्ता सामाजिक कार्यमा
जिल्लाको बागचौर नगरपालिकाको निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीले आफूले सेवा, सुविधा (तलब/भत्ता) बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।
शिविरमा आठ सय जनाकाे निःशुल्क उपचार
मुगुको जिल्ला अस्पतालमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभरबाट आठ सय जनाले सेवा लिएका हुन् ।
दैलेखमा एक दर्जन झोलुङ्गे पुल निर्माण
दैलेख जिल्लामा एक दर्जन झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुर्गम बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सुविधा पुग्ने छ ।दुल्लु नगरपालिका र ठाँटिकाँध गाउँपालिका बाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।
हुम्लाको बन्द स्वास्थ्य चौकी छ महिनापछि सञ्चालनमा
गत मङ्सिरबाट बन्द हुुँदै आएको नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकी खुुल्ला भएको छ । लिमी जाने नाकामा जमेको हिउ पग्लिएपछि स्वाथ्यकर्मी लिमी पुुग्दा बन्द रहँदै आएको स्वास्थ्य चौकी सञ्चालनमा आएको हो ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण
जाजरकोटकोको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय नागरिकका रूपमा परिचयपत्र वितरण गरे पछि गुराँस गाउँपालिकाले –८ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
बाह्र नमुना झोलुङ्गे निर्माणको चरणमा
दैलेख जिल्लाको दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा नमुना झोलुङ्गे पुल निर्माणको चरणमा रहेका छन् ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलको पाँच प्रतिबद्धता
राजन रावतहुुम्ला, जेठ १४ गते । खार्पुनाथ गाउँपालिकामा दोस्रो पटक निर्वाचित भएपछि अध्यक्ष कर्णबहादुर रावलले आफ्नो कार्यकालमा गरिने पाँच वटा प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकाल सिक्दै गएको कारण यो कार्यकालमा गरिने प्रतिबद्धता सार्वजनिक गरेको उहाँले बताउनुभयो । उहाँले कार्यभार सम्हालेलगत्तै सार्वजनिक गर्नुभएका आगामी पाँच वर्षसम्म गरिने प्रतिबद्धतामा पाँच वटै वडाहरुमा सडक सञ्जाल जोड्ने, प्रत्येक वडाहरुमा विधुत उपलब्ध गराउने, एक घर एक रोजगारको व्यबस्था गर्ने, दिगो भौतिक संरचनाको बिकास गर्ने र शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिई दिगो बिकास गर्ने रहेका छन् ।प्रतिबद्धता पूरा गर्न उहाँले अहिल्यैबाट योजना तर्जुमा गरेर लाग्ने तयारीमा रहेको बताउनुुभयो । गाउँपालिकामा सीमित साधन स्रोत भएका कारण पनि उहाँले त्यसकालागि प्रदेश, सङ्घीय सरकार र अन्य गैरसरकारी निकायसँगको समन्वयमा काम अगाडि बढाउने बताउनुुभयो । पाँच वटा वडा रहेको खार्पुनाथमा हालसम्म कुनै पनि वडामा सडक सञ्जाल जोडिएको छैन् ।