• ३ असार २०८१, सोमबार

लिमीको स्रोत केन्द्रमा ११४ चौरी थपिए

blog

हुुम्ला जेठ १६ गते । नाम्खा गाउँपालिका–६ को लिमीको चौंरी स्रोत केन्द्रमा ११४ वटा चौरी थपिएका छन् । चौंरीपालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौंरीपालन स्रोत केन्द्र स्थापना गरेर चौंरी थप्ने कार्य जारी रहेको हो ।

पशुु अस्पताल तथा पशुुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले लिमीको चौरी स्रोत केन्द्रमा १११ वटा नाक (चौंरीगाई) र तीन वटा याक गरी ११४ वटा चौंरी यसवर्ष थपिएको बताउनुुभयो । उहाँले त्यसमा ४५ वटा चौंरी स्रोत केन्द्रमै  खरिद गरेर स्थानीयले ल्याइसकेको र बाँकी नाम्खाकै अन्य गाउँपालिका ६९ वटा खरिद गरेर स्रोत केन्द्रमा लिने कार्य भइरहेको बताउनुुभयो । स्थलगत रुपमा पुुग्नुुभएका उहाँले स्रोत केन्द्र चौंरीमय भएको बताउनुुभयो । 

यसका लागि कार्यालयले ५९ लाख बजेटको व्यवस्था गरेको थियो भने उपभोक्ताबाट तीस प्रतिशतका दरले हुन आउने २५ लाख स्थानीय उपभोक्ताहरुले लागत साझेदारी गर्नु भएको छ । यीसहित स्रोत केन्द्रमा २४६ चौंरीको सङ्ख्या पुुगेको छ । यसअघि गतवर्षसम्म १३२ चौंरी स्रोत केन्द्रमा थिए । उहाँले स्रोत केन्द्रमा आगामी तीन वर्षमा पाँच सय चौंरी पुर्याउने लक्ष्य कार्यालयको रहेको जानकारी दिनुुभयो । 

स्रोत केन्द्र स्थापना भएयता उत्पादन भएको छुर्पी, घ्यू, चीज लगायतका सामान बिक्री गरिंदै आएको छ । केही समय अगाडीसम्म लिमीका स्थानीयले दुुई हजारसम्म चौंरी पाल्दै आउनुुभएको थियो । पछि चरन समस्या देखाउदै चौंरीपालन लिमीवासीले छोड्नुुभएको थियो । हाल लिमीका स्थानीयसँग  डेढ सय चौँरी छन् ।

Author

राजन रावत