• ३ असार २०८१, सोमबार

सिमकोट कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन निर्वाचित

blog

राजन रावत

हुुम्ला, वैशाख १५ गते । आईतवार कार्यपालिका सदस्यहरुका लागि भएको निर्वाचनमा गठबन्धन दलहरु निर्वाचित भएका छन् । गठबन्धन दलमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट तीन–तीन सदस्यहरु निर्वाचित भएका हुन् ।  

दलित तथा अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा चार मत बदर भएको छ । दुुई जना सदस्यले गठबन्धन दलहरुले एक एक पदका लागि उम्मेदवारी दिनुुभएको थियो । जसमा काँग्रेसका गोपाल बिल २६ मत ल्याएर बिजयी हुनुभयो । भने माअ‍ोवादी केन्द्रका टसी बिकले २५ मत ल्याएर बिजयी हुनुभयो । उहाँहरुमध्ये गोपालको तीन मत र टसीको चार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यी पदका लागि एमालेले एक जनामा मात्र उम्मेदवारी दिएको थियो । सो दलको उम्मेदवार १२ मत ल्याएर पराजित हुनुभयो । सिमकोट गाउँपालिकामा वडा अध्यक्ष र सदस्य गरी एमालेले १३ पदमा बिजेता हाँसिल गरेको थियो ।

गठबन्धनका उम्मेदवारलाई एमालेको पनि मत

स्थानीय तह निर्वाचन अन्तर्गत आईतवार कार्यपालिका सदस्यहरुका लागि भएको निर्वाचनमा गठबन्धन दलका दुुई जना महिला सदस्यलाई एमालेको पनि मत परेको पाइएको छ । गठबन्धन दलहरु काँग्रेस र माओवादी केन्द्रको गरी सिमकोट गाउँपालिकामा २९ मत थियो । दुुई जना सदस्यलाई भने ३० मत परेको थियो । 

मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले गठबन्धन दलको काँग्रेसबाट उम्मेदवारी दिनुुभएकी गुुहेला रावत र अर्की महिला सदस्य माओवादी केन्द्रकी काङ्सो लामालाई तीस तीस मत परेर बिजयी हुनुुभएको बताउनुुभयो ।  स्थानीय तह निर्वाचनबाट सिमकोट गाउँपालिकामा गाउँसभाका लागि काँग्रेसका उपाध्यक्षसहित १५ र माओवादी केन्द्रका अध्यक्षसहित १४ जना निर्वाचित भएका हुन । 

निर्वाचित हुनुुपर्ने अर्का दुुई जना सदस्य काँग्रेसकी कल्पना लामाले २९ र माअ‍ोवादी केन्द्रकी डाँफु बोहराले २९ मत ल्याएर बिजयी हुनुुभयो । सो पदका लागि एमालेले दुुई जनाको उम्मेदवारी दिएको भएपनि पराजित भएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।