• २६ वैशाख २०८१, बुधबार

चार करोड पेश्की लिएको छ महिनासम्म सडकको काम अलपत्र

blog

रास्कोटको सडक कालोपत्रे गर्न शिलान्यास गर्दाको एक झलक । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालिकोट, जेठ १९ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुल सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिका भित्रको मूल सडक शान्तिघाट सिपखाना सडक अन्र्तगत शान्तिघाटबाट वडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न गएको पुसमा काम सुरु भएको थियो । निर्माण कम्पनीले स्र्काभेटरसहित ल्याएर काम सुरु भएको र सुरुमा साँघुरो सडकलाई फराकिलो गर्ने बताएको थियो । 

औपचारिक शिलान्यास भएको छ महिना पुग्दासम्म पनि कुनै पनि काम भएको छैन । निर्माण कम्पनीले काम गर्ने भन्दै अग्रिम भुक्तानी (पेश्की)वापत चार करोड ४० लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निमार्ण कम्पनीलाई यही जेठ ३ गते पत्राचार गरेर साईडमा आएर काम गर्न निर्देशन गरेको जानकारी दिनुभयो । निर्माण कम्पन्नी केएस शनिदेव जेभिले सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते ठेक्का सम्झौता गरेको थियो । 

निर्माण कम्पनीले २५ करोड ५५ हजारमा सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको एक वर्ष पुग्दा सम्म एक प्रतिसत पनि माम भएको छैन ।