• २७ वैशाख २०८१, बिहिबार

हिल्सावासी उत्साहित

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ २३ गते  ।उत्तरी चीनसँगको सिमाना हिल्सा बजार व्यवस्थित सहर बन्ने भएपछि हिल्सावासी उत्साहित भएका छन् । आगामी वर्षको बजेटमा व्यवस्थित सहर निर्माणका लागि विस्तृत अध्ययन गर्ने भएपछि स्थानीयमा खुसियाली छाएको हो । 

हिल्साका स्थानीय कर्मा लामाले जेठ १५ गते संसद्मा सरकारले पेस गरेको बजेटमा हालको हिल्सा बजार व्यवस्थित सहर निर्माणका लागि बजेटमा परेपछि यो कार्य सकारात्मक भएको बताउनुभयो । 

हाल हिल्सा बजार अव्यवस्थित घर, खानेपानी अभाव, बिजुली नभएको र सहरका लागि आवश्यक कुनै संरचना नभएको हुनाले सरकारले हिल्सालाई व्यवस्थित बजार बनाउन विस्तृत अध्ययन गरी त्यसको निर्माण गर्ने कुरा बजेटमा उल्लेख छ । त्यहाँका भन्सार, अध्यागमनलगायतका कार्यालय पनि भाडाका घरमा बस्दै आएका छन् । यसले गर्दा राजस्व सङ्कलनमा समेत समस्या हुने गरेको छ । 

नाम्खा गाउँपालिकाका प्रेम लामाले सरकारले हिल्सालाई व्यवस्थित सहर बनाउनका लागि गर्ने कुनै पनि काममा सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले पारिपट्टि चिनियाँ क्षेत्र चिल्लो सडकसँगै व्यवस्थित भएका बेला हिल्सा बजार व्यवस्थित सहर बन्ने कार्य आफैँमा सराहनीय भएको बताउनुभयो । यो कार्यले पूर्णता पाए हिल्साका व्यापारीलाई सहज हुनेछ । हिल्सा कर्णाली प्रदेशकै लागि चीनसँगको महत्त्वपूर्ण नाकामध्ये पर्छ ।सरकारले व्यवस्थित सहर बनाउन लागेको हालको हिल्सा बजार ।