• २७ वैशाख २०८१, बिहिबार

रानीवनमा वृक्षारोपण

blog

राजन रावत

हुुम्ला, जेठ २२ गते । विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । 

विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक समेत रहेको स्थान रानीवनमा वृक्षारोपण गर्ने कार्य भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुुभयो । 

रानीवनलाई हराभरा बनाउने उद्देश्यले दुुई वर्षदेखि सो वनमा वृक्षारोपण गर्ने कार्य हुनेगरेको छ । डिभिजन वन कार्यालयले उपलब्ध गराएर चुुली (आरु प्रजातिको बिरुवा) तथा सल्लाका विरुवाहरु लगाउने कार्य भएको हो । 

वृक्षारोपण कार्यक्रमको शुुभारम्भ गर्दै जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलले अब दिवसमा मात्र नभई प्रत्येक ब्यक्तिले रुख लगाउने अभियान सञ्चालन गर्नुपर्ने बताउनुुभयो । बिनास हुँदैगएको जंगलको संरक्षण गर्नु र खाली पाखाको नयाँ विरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने बताउदै उहाँले बातावरण स्वच्छ राख्न फाईदा हुने बताउनुुभयो । 

गतवर्ष लगाएका विरुवा राम्ररी हुर्कन ब्यारेकको सेना फलभएको बेला यसवर्ष पनि रानीवनकै खाली क्षेत्रमा थप विरुवा लगाउने कार्य भएको छ । कार्यक्रममा प्रजिअ परियारले एक बोट लगाउँदै अब सबैमा यस्तो भावना जागृत हुनु आबश्यक रहेको बताउनुुभयो । 

वृक्षारोपण कार्यक्रममा प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा लगायतको सहभागिता रहेको थियो । नयाँ लगाइएका विरुवाको जगेर्ना र हुकाउने बढाउने कामको जिम्मा बराह लल गुल्म रानीवनले लिएको छ ।