जाजरकोट, जेठ १७ गते । जिल्लाको भेरी नगरपालिका वार्ड नं. १ रावतगाउँका डोटे बादी नगरकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । बादी समुदायबाट पहलिो पटक स्थानीय तह सरकारमा सहभागिता जनाउन पाएको भन्दै यहाँका वादीबस्ती निकै हर्षित भएका छन ।
नगरकार्यपालिकाको निर्वाचनमा सत्ता गठवन्धनको तर्फवाट नेपाली काँग्रेसले उहाँलाई अल्पसंख्यक पुरुषवाट उम्मेदवार वनाएको थियो त्यसपछि उहाँ निर्वाचित हुनु भएको थियो । स्थानीय बादी अगुवा तीले बादी आफ्नो जातीवाट कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले आफूहरुका सवाल उठाउनेमा आसावादी रहेको बताउनुभयो ।
आफूहरुको पुर्खेउली पेशा मादल व्यवसायलाई उत्थान गर्न आवाज उठाउनेमा आसावादी भएको तिले वताउनु हुन्छ । बादी समुदायका लागि परीवारको आधारभुत आवस्यकता र छोराछोरीको शिक्षा प्रदान गराउनका लागि लागि पर्ने बताउनु भयो ।
बादी समुदायले परम्परादेखि अपनाउँदै आएको सुल्पा वनाउने र मादल वनाउने पेशालाई परिमार्जन गरी विस्तार गर्ने योजना राखेको बताउनु भयो ।