दुुई गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु
सिमकोट र खार्पुनाथ गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो ।
हुुम्लामा ३१ वटा बस्ती मनसुुनजन्य प्रकोपको उच्च जोखिममा
जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य बिपदको उच्च जोखिममा रहेको छ । जिल्ला मनसुुनजन्य बिपद तथा प्रतिकार्य योजना २०७९ ले ती वस्तीलाई उच्च जोखिममा रहेको औल्याएको हो ।
कर्णाली प्रदेशको बजेट भाषण
कर्णाली प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।
सुर्खेतमा ३३ केभी विद्युत विस्तारको काम शुरु गरिँदै
कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम शुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो । वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बावियाचौर–बड्डिचौर–बाँगेशीमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सब–स्टेशनमा जोडिनेछ ।
जुम्लामा नमुना भेडा स्रोत केन्द्र स्थापना
जुम्लामा समूहको अगुवाइमा सञ्चालित भेडाबाख्रा केन्द्र स्थापना भएको छ । हिमा गाउँपालिका–२, ओदीमा कर्णाली प्रदेश सरकारको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडास्रोत केन्द्र स्थापना गरिएएको हो ।
रलिङ मेलाका लागि हेलिकोप्टर उडान
राजन रावतहुुम्ला, जेठ ३१ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुुरु भएको छ । धार्मिक मेला लाग्ने र आन्तरिक पर्यटकहरु गुुम्बाको अवलोकन गर्न जाने भएपछि हेलिकोप्टरले उडान भएको हो । रलिङ मेला हेर्न जानुुभएका सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले रलिङका लागि दुुई वर्ष कोरोनाको कारण रोकिएको हेलिकोप्टर उडान सुुरु भएपछि जान पाइएको बताउनुुभयो । उहाँले उक्त पर्यटकीय क्षेत्रमा पहिले पैदल जाने गरिएको भए पनि अहिले हेलिकोप्टर उडान हुनेपछि सहज भएको बताउनुुभयो । उहाँले एकतर्फी उडान भाडा भने पाँच हजार पाँच सय लिने गरेको बताउनुुभयो । दुुईतर्फ आवतजावत गर्नेले भने एघार हजार रुपियाँ भाडा तिर्नुपर्नेछ । उहाँले नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डङ्गोलका अनुुसार मङ्गलबार चार बजेसम्म तीस वटा उडान भरेको छ भने उडान भर्ने कार्य बेलुुका सात बजेसम्म हावा नलागेसम्म जारी रहने बताउनुुभयो । प्रति उडान पाँच जना यात्रुु ओसार्ने भएको कारण एक सय पचास जना यात्रुुले हेलिकोप्टर चढ्नुुभएको छ । मङ्गलबार रलिङ जाने काम मात्र हुनेछ भने बुुधवार यात्रुु फिर्ता हुुनेछ । अन्य बेला पनि आन्तरिक पर्यटकहरुले हेलिकोप्टर उडानबाट गुम्बा तथा पर्यटकीय स्थलहरुको दर्शन र अवलोकन गर्दै आउनुुभएको छ ।
प्रकोपजन्य घटनामा गरिने उद्धार कार्यको प्रर्दशनी
मनसुुन तथा अन्य प्रकोपबाट हुनसक्ने सम्भावित घटना तथा क्षतिका लागि सुुरक्षाकर्मीले गर्नुपर्ने उद्धार कार्यको प्रर्दशनी गरिएको छ । प्रकोपजन्य कुनै घटना भए त्यसका लागि गरिने उद्धार कार्यबारे जानकारी गराउन उक्त प्रर्दशनी गरिएको हो ।
सर्पकाे टोकाइबाट अछाममा एक गर्भवतीको मृत्यु
सर्पले टोकेर अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा गर्भवती रहेका एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट लयाँटी निवासी ३२ वर्षीया रामपुरा शाहीको मंगलबार मृृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो ।
वीरेन्द्रनगरको एकीकृत भवन शिलान्यास
वीरेन्द्रनगर नगरपालिकाको बहु–प्रतिष्ठित एकीकृत भवन निर्माण हुने भएको छ । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित र सहज बनाउन नगरपालिकाको भवनको शिलान्यास गरिएको हाे ।