हिमालपारिको गाउँ लिमीलाई सङ्ग्रहालयमा विकास गरिँदै
उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी उपत्यकालाई सङ्ग्रहालयको रुपमा विकास गरिने भएको छ । गत बुधवार प्रदेश सभामा पेश भएको कर्णाली प्रदेश सरकारको बजेटमा चीनसँग सिमाना जोडिएको लिमी उपत्यकालाई पर्यटन प्रवद्र्धन गर्न तीन वटै गाउँलाई सङ्ग्राहलयका रुपमा बिकास गर्ने उल्लेख गरिएको हो ।
‘विश्वविद्यालय राजनीतिक प्रयोगशाला होइन’
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रूपमा स्थापित गर्न नहुने बताउनुभएको छ । सभामुख शाहीले मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा ‘विश्वविद्यालयलाई राजनीतिक प्रयोगशाला’ बनाउन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “विश्वविद्यालय अनुसन्धान गर्ने थलो हो, विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।”
जिसस निर्वाचनमा गठबन्धनले साझा उम्मेदवारी दिने
जिल्ला समन्वय समितिका पदाधिकारीहरुका हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णयमा दलहरु पुुगेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जिससको निर्वाचनमा जाने भएका हुन् ।
कालीकोटमा पानीको वितण्डा : सडक चिरा पर्दा खोलामा परिणत
कालीकोट समाचारदाताकालिकोट, असार ३ गते । मध्याह्नदेखि सधै पर्ने मुसलधारे वर्षाले कर्णाली लोकमार्गमा दैनिक अवरोध हुँदै आएको छ । भीषण वर्षाका कारणले लोकमार्गकाको विभिन्न खण्डमा सडक चिरा पारेर खोलामा परिणत हुँदा सडक अवरोध हुने गरेको हो । दैनिकको मुसलधारे वर्षाले सबैभन्दा बढी क्षति कर्णाली लोकमार्गको कालीकोट खण्डमा पुर्याएको छ । तर दैलेखमा पानी परेको छैन । जसोतसो सडक ठिकै छ । तर कालीकोटमा १५ दिन यता लगातार मध्याह्नबाट पर्ने मुसल्धारे वर्षाले सडकलाई निसाना बनाएको छ । मर्मत हुँदै गरेको सेरीघाट मान्म सडक खण्ड खोलामा परिणत हुँदा दैनिक आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । दैनिक पानी बर्षिन्छ पहिरो आउँछ । स्र्काभेटरले पहिरो पन्छाउँछ र जान्छ । फेरि पहिरोले सडक पुर्ने र बाढीले खोला बनाउने हुँदा घन्टौं यात्रु सडकमा अलपत्र पर्ने गरेका छन् । बिहीबार साँझ पाँच बजेदेखि सात बजेसम्म आएको पानीले सेरीघाट वारीपारी, झाम्ला मोड, मेयर खोला, तल्लो माथिल्लो सुनारखोलामा पहिरो सँगैको बाढीले सडक अवरोध गर्दा १५ घण्टासम्म यात्रु सडकमै तड्पिए ।रातभरि स्काभेटरले पहिरो पन्छाउने र बाढीले चिरा पारेको सडकमा माटो भरेर गाडी चल्नेसम्मको सडक बनाउँदै बिहान उज्यालो भयो । अनि बल्ल केही यात्रुवाहक गाडीलाई गन्तब्यतर्फ पठाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । निमित कार्यालय प्रमुख दीपक बाेहोराले आफूहरु निरन्तर सडक खुलाउनतिर लागेको भन्दै साधन नभएर समस्या हुने गरेको सुनाउनुभयो । सधैं पहिरो पन्छाउन खटिने ट्राफिक प्रहरीका जवान लालबहादुर क्षेत्रीले सबैभन्दा बढी सुनारखोलाले दुःख दिने हुँदा यही खोलामा दीर्घकालीन योजना बनाएर सडक बनाउँदा समस्या समाधान हुने सुनाउनुभयो । सडकले एक स्काभेटर उपलब्ध गराएको छ । त्यही एक कता लिएर जाने, त्यही भएर पानीले वर्षेनी कालीकोट खण्डमा बढी क्षतष पुगाउने भएकाले यात्रुले दुःख पाउँदै आएको बोहोराको भनाइ छ । कर्णाली प्रदेशका मुख्यमन्त्री कालीकोटकै महेन्द्रबहादुर शाही हुँदासमेत सुनारखोला पहिरो नियन्त्रणका लागि धेरैले गुनासो गरे । हेलो सरकारमा समेत कुरा राखे तर उहाँले कुनै पनि बजेटको ब्यवस्थापन नगरेका कारण अहिले यस्तो भएको यहाँका नागरिकको गुनासो छ । रास्कोट अजविर फर्सालले आफू जहिले पनि मान्म आउँदा यही सडकमा दुःख पाउने गरेको सुनाउनुभयो । बिहीबार अवरोध सडकमा भेटिनुभएका फर्सालले धेरैपटक आफूले पनि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकक्षमा पुगेर मान्म लगायतका सडकका विषयमा कुरा गर्दा हुन्छ भन्नुभयो । तर कहीं पनि सुधार गर्न सक्नुभएन फर्सालले गुनासो गर्नुभयो । राष्ट्रिय स्तरका सञ्चारमाध्यममा पनि धेरै पटक समाचार प्रकाशन भए । तर तत्कालीन मुख्यमन्त्री शाहीले चासो नदिंदा सडक नबनेको उहाँकै कार्यकर्ताको भनाइ छ । उहाँले आफूले गर्ने होइन । कुनै मन्त्रालयलाई भनेको भए सडक मर्मत हुँदा यस्तो हुँदैनथ्यो । वर्षातको दोष एक हो भने पहिलो दोषी सरकार नै भएको कर्णाली लोकमार्गमा यात्रा गर्नेहरुको बुझाइ छ ।
मकैमा फौजी कीराको प्रकोप, किसानहरु चिन्तित
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रमा लगाइएका मकै खेतीमा फौजी कीराको प्रकोप देखिएको छ । मकैका बोटलाई फौजी किराले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
सिङ्गो गाउँमा दुुई हप्तादेखि खानेपानीको हाहाकार
जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँमा दुुई हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पानीको मुहानको श्रोत सुक्दै गएको कारण पानीको समस्या देखिएको हो ।
बूढीगङ्गामा असार २३ गने पुनःनिर्वाचन
बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने भएको छ ।
३२ अर्ब ६१ करोडको बजेट
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ३२ अर्ब ६१ करोडको बजेट ल्याएको छ । यो बजेट चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटभन्दा चार अर्बले कम छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गर्नुभएका बजेट वक्तव्यमा चालूतर्फ नौ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ (२८.११ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार (५९.५८ प्रतिशत)को बजेट उल्लेख छ ।
घोरल मारेको आरोपमा कुकुर थुनामा
घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ ।