• ७ जेठ २०८१, सोमबार

हिमालपारिको गाउँ लिमीलाई सङ्ग्रहालयमा विकास गरिँदै

blog

सरकारले सङ्ग्राहलयको रुपमा विकास गरिने हुम्लाको लिमी उपत्यका मध्येको उक हल्जी गाउँ । तस्बिरः राजन रावत

हुुम्ला असार ४ गते । उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी उपत्यकालाई सङ्ग्रहालयको रुपमा विकास गरिने भएको छ । गत बुधवार प्रदेश सभामा पेश भएको कर्णाली प्रदेश सरकारको बजेटमा चीनसँग सिमाना जोडिएको लिमी उपत्यकालाई पर्यटन प्रवर्द्धन गर्न तीन वटै गाउँलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने उल्लेख गरिएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यका आफैमा भर्जिन क्षेत्र रहेकाले पर्यटन प्रवर्द्धनका लागि महत्वपुर्ण हुने बताउनुभयो । सरकारले उपत्यकालाई सङ्ग्रहालयका रुपमा बिकास गर्ने गरी काम अघि बढाउनुले कर्णाली क्षेत्रको प्रवर्द्धन हुने उहाँको भनाइ छ । अब सरकारले ठोस कार्यक्रम ल्याएर काम तत्काल अघि बढाए स्थानीय तहले सहयोग गर्ने उहाँको भनाइ छ । 

पर्यटकीय सम्भावना धेरै भएको लिमीका तीन वटै गाउँहरु तील, हल्जी र जाँङ गाउँमा भएका साँस्कृति, चालचालन, रीतिरिवाज, बहुुपति प्रथा, न्यलुु प्रथा, हजार बर्षभन्दा पुरानो गुम्बा, तातोपानी, नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने स्थान, बन्यजन्तु र अन्य धेरै पर्यटकीय स्थल छन् । लिमी आफैमा पर्यटकीय क्षेत्र हो त्यसैले पर्यटन पुूर्वाधारको बिकास गर्न बाँकी रहेको कारण प्रदेश सरकारले आगामी वर्षका लागि कार्यक्रमले ल्याउने गरी बजेटमा उल्लेख गरेको छ । 

लिमीमा वर्षेनी पाँच सयभन्दा बढी पर्यटकको आगमन हुने गर्दछ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले लिमी जाने सडक पूर्बाधारको विकास गर्नु आबश्यक देखिएको छ । लिमी उपत्यका छ महिना हिउँले बन्द हुने भएकाले छ महिना मात्र मानिस बसोवास गर्ने गर्दछन् । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।