• ७ जेठ २०८१, सोमबार

'गुरिल्ला म्याराथन'को उपाधि दलबहादुर र मन्जुले लियो

blog

विजयी हुन सफल धावकहरु । तस्बिर: राजु लामिछाने

रुकुमपूर्व, असार ४ गते । रुकुम पूर्वमा भएको चौथो गुरिल्ला म्याराथन प्रतियोगिता उपाधि दलबहादुर कुँवरले हात पारेको छ । शुक्रबार सम्पन्न म्याराथनमा ६२ किलोमिटर तर्फ प्रथम हुँदै कुँवरले उपाधि हात पारेको हो । 

पाँच घण्टा ५३ मिनेट दुई सेकेन्डमा निर्धारीत दुरी पार गर्नुभई कर्णाली स्पोर्टस जुम्लाका कुँवर प्रथम हुँदै ५० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । निर्धारीत दुरी ६ घण्टा २१ मिनेट ६ सेकेन्डमा पार गर्दै रुकुम पूर्वका हिमाल बुढामगर दोस्रो हुनु भएको थियो । 

त्यसै गरी ६२ किलोमिटरको म्याराथनमा महिलातर्फ ६ घण्टा ५६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै कर्णाली स्पोर्टस क्लब जुम्लाका मन्जु रावत प्रथम हुनुभएको छ । उहाँले ५० हजार हात पार्नुभएको छ । आठ घण्टा ३१ मिनेट ४० सकेन्डमा दुरी पार गर्दै सोलुखुम्बुकी अनिता राईले दोस्रो हुँदै ३० हजार हात पार्नुभयो । 

प्रतियोगितामा ११ जिल्लाबाट धावकहरु सहभागी भएका थिए । तात्कालिन १० वर्षे जनयुद्धताका लडाकु अर्थात ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’को रुपमा विकास गर्ने उद्धेश्यका साथ चार बर्ष अघिदेखि म्याराथन आयोजना गरिदै आएको आयोजक भूमे गाउँपालिका युवा विकास केन्द्रका संयोजक सुनिल रोकामगरले जानकारी दिनुभयो । युद्ध पर्यटनलाई विकास र विस्तार गर्दै जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले म्याराथनको आयोजना भएको भएको छ ।  म्याराथन दुई वटा आयोजना गरिएको छ जसमा १० किलोमिटर दौडमा ३० जना र ६२ किलोमिटर दौडमा ६९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

१० किलोमिटरको प्रतियोगितातर्फ पुरुषमा रोल्पाका जीवन थापा मगर प्रथम हुनुभएको छ । उहाँले एक घण्टा दुई मिनेटमा निर्धारित दुरी पार गर्नुभएको थियो । महिलातर्फको १० किलोमिटर प्रतियोगितामा एक घण्टा ४० मिनेटमा दुरी पार गर्दै रुकुम पूर्वकी सुनकुमारी सुनार प्रथम हुनुभयो । 

Author

राजु लामिछाने