विश्व वातावरण दिवसमा निबन्ध प्रतियोगिता
विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कर्णाली माविका छात्र धिराज शाही प्रथम हुनु भएको छ । १६ जना प्रतिष्पर्धीलाई उछिन्दै शाही प्रथम हुन सफल हुनु भएको हो ।
हिल्सावासी उत्साहित
उत्तरी चीनसँगको सिमाना हिल्सा बजार व्यवस्थित सहर बन्ने भएपछि हिल्सावासी उत्साहित भएका छन् । आगामी वर्षको बजेटमा व्यवस्थित सहर निर्माणका लागि विस्तृत अध्ययन गर्ने भएपछि स्थानीयमा खुसियाली छाएको हो ।
विद्यालय तोडफोड गर्ने दुई युवा पक्राउ
जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेत स्थित जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेको आरोपमा जनक वली र बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
रानीवनमा वृक्षारोपण
विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो ।
तेब्बर भाडा असुल्दै व्यवसायी मर्कामा यात्रु, प्रशासन मौन
यातायात व्यवसायीले कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्ला–कवाडी र बाजुराको कोल्टीसम्मको निर्धारित भाडादरभन्दा तेब्बर बढी असुल्ने गरेका छन् । इन्धनको मूल्य वृद्धि भएको बहानामा व्यवसायीले सरकारीस्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुल्ने गरिएको हो । सरकारले डिजलको मूल्य घटाए पनि कर्णाली कोरिडोरमा यातायात सञ्चालन गर्ने व्यवसायीले मनोमानी रूपमा भाडा असुल्दा स्थानीय प्रशासन मौन रहने गरेको छ ।
उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित
मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।
आर्थिक अभावमा छटपटाइरहेका छन् मिर्गाैलापीडित खत्री
नेत्र शाहीजुम्ला, जेठ २१ गते । जुम्ला तातोपानी गाउँपालिका २ निवासी ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावमा उपचारविहीन हुनुभएको छ । खत्रीका दुबै मिर्गाैलाले काम नगरेपछि उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहुनभएको हो । घरको आर्थिक अवस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ ।
निर्वाचन खर्च विवरण बुझाउन आग्रह
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो ।
कुलाे पुनःनिर्माण भएपछि मार्सी धानको रोपाई सुचारु
नेत्र शाही जुम्ला, जेठ २१ गते । तातोपानी गाउँपालिका १ स्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाई सुचारु भएको छ । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानीज्यूलोसहित तातोपानी र तिलाको भरीखोला क्षेत्रका सिँचाई कुलाहरु बगेपछि सिँचाई प्रभावित भएको थियो । अहिले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु गर्ने प्रयास गरिएको छ । तातोपानी १ अन्तरगत पर्ने रानीज्यूलो कुलो बाढीले बगाएको स्थानको आरसीसी गरेपछि सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको ७ लाख र स्थानीयको एक लाख रुपियाँ श्रमदानमा उक्त कुलो बाढीले बगाएको स्थानमा ४१ मिटर आरसीसी र अन्य काम गरेपछि पानी सुचारु भएर रोपाई भएको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार विपतले बगाएको रानीज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ रानिज्यूलोमा करिब १५, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । उहाँले विपतले धान रोप्न नपाइने हो की भन्ने थियो तर अव यो वर्ष जेनतेन पानी पु¥याउन कृषि विकास कार्यालयको कार्यक्रमले राहात दिएको बताउनुभयो । उहाँका अनुसार अव यो वर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले ध्यान नदिएमा फेरि बगाउने डर उत्तिकै छ ।