‘पोषण सुधारमा लगानी बढाऊ’
कर्णाली प्रदेशमा पोषण सुधार अपेक्षित रूपमा नभएकाले तीनै तहका सरकार संवेदनशील भएर लगानी बढाउनुपर्ने धारणा सरोकार पक्षले व्यक्त गरेका छन् ।प्रदेश योजना आयोगद्वारा बुधबार आयोजित छलफलमा कर्णाली प्रदेशमा पोषण सुधारका लागि लगानी बढाउनुपर्ने बहुक्षेत्रीय पोषण योजनासम्बन्धी कार्यक्रममा सहभागीले सुझाव दिएका छन् ।
फुइसिङ खानेपानी मर्मत
पहिरोले क्षतिग्रस्त नाम्खा गाउँपालिका–५, तुम्कोटगाउँ फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण भएको छ ।स्थानीय उपभोक्ता ल्यान्ड तामाङ लामाका अनुसार गत वर्षको पहिरोले क्षति पुगेको सो खानेपानी योजना पुनर्निर्माणपछि घरघरका धारा सञ्चालनमा आएको छ ।
विद्यालयका अधिकांश बिद्यार्थीमा ठेउला
खार्पुनाथ गाउँपालिकाको हुुम्ला माध्यामिक विद्यालयका अधिकांश विद्यार्थीमा ठेउला देखापरेको छ । गाउँपालिका वडा नम्बर ३ को उक्त माध्यमिक विद्यालयका विद्यर्थीहरुमा ठेउला रोग देखिएपछि विद्यालय प्रसासनले रोकथामका लागि अनुरोध गरेको छ ।
पुस्तक नपुगेपछि वैकल्पिक विधिबाट पठनपाठन
पाठ्यपुस्तक समयमा नपुगेपछि माथिल्लो हुम्लाका विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरु वैकल्पिक बिधिबाट पाठन पाठन गर्न बाध्य भएका छन् । विद्यालय सञ्चालन भएको डेढ महिना पुग्दासम्म पुस्तक आई नपुगेपछि विद्यालयहरुले पढाई सुचारु राख्न वैकल्पिक बिधि अपनाएका हुन् ।
वादी समुदायका माग सम्बोधन गर्न कार्यदल गठन
वादी समुदायका समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ । वि.सं. २०७७ फागुन १० गते आवास र रोजगारीलगायत विभिन्न माग राख्दै आन्दोलित भएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच ५ बुँदे सहमति भएको थियो ।
दरबन्दी छ, चिकित्सक छैनन्
जिल्ला अस्पताल कालीकोट स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्थापना भएको १८ वर्ष पुगिसक्दा पनि जिल्ला अस्पताल कालीकोटले दरबन्दीअनुसारका कार्यालय प्रमुख र कर्मचारी पाएको छैन । दसौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल २०६१ सालदेखि निमित्तको भरमा छ । प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित हुँदै आएका छन् ।
कार्यालय नै शून्य बनाएर जनप्रतिनिधि गैससको गोष्ठीमा
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाका जनप्रतिनिधि गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा गएपछि कार्यालय सुनसान भएको छ । जनप्रतिनिधिहरुले निमित्तलाई जिम्मेवारी दिएर सुर्खेत पुगेपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
मुहानमा भलबाढी घरघरमा धारा खाली
बाढीपहिरोले पानीको मुहानमा क्षति पु-याएपछि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा एक हप्तादेखि पानी आपूर्ति हुन सकेको छैन । वीरेन्द्रनगर–५ की गीता थापाले धारामा एक हप्तादेखि पानी नआएको र नजिकको खोलामा रहेको धारामा पानी भर्नेको भीड हुने गरेको बताउनुभयो ।
टिकट नपाएपछि पार्टीभित्र अन्तरघात : उपसभापति खड्का
नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले टिकट नपाएको झोकमा पार्टीभित्रै अन्तरघात भएको बताउनुभएको छ । आइतबार सुर्खेतमा भएको स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित कांगे्रस जनप्रतिनिधिलाई शुभकामना एवम् अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।