• ७ जेठ २०८१, सोमबार

फुइसिङ खानेपानी मर्मत

blog

हुम्ला, असार १६ गते  । पहिरोले क्षतिग्रस्त नाम्खा गाउँपालिका–५, तुम्कोटगाउँ फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण भएको छ ।स्थानीय उपभोक्ता ल्यान्ड तामाङ लामाका अनुसार गत वर्षको पहिरोले क्षति पुगेको सो खानेपानी योजना पुनर्निर्माणपछि घरघरका धारा सञ्चालनमा आएको छ । सो खानेपानी आयोजनालाई पहिरोले क्षति पु-याएपछि स्थानीयले एक घण्टा टाढाको खोलामा धाउनुपर्ने अवस्था थियो ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सो खानेपानी योजना पुनर्निर्माण गरिएको जनाइएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना जिल्ला सल्लाहकार वीरेन्द्र थापाका अनुसार यस योजनाबाट तुम्कोट गाउँका २६ घरधुरी लाभान्वित भएका छन् । सो परियोजना सम्पन्न गर्न स्थानीयवासीको श्रमदानसहित २६ लाख रुपियाँ खर्च भएको जनाइएको छ । सो परियोजनाबाट छ किलोमिटर टाढाबाट पाइपलाइन बिच्छ्याउनुका साथै आठ हजार लिटर क्षमताको पानी सङ्कलन ट्याङ्की निर्माण गरिएको छ ।