• ७ जेठ २०८१, सोमबार

सिङ्गो गाउँमा दुुई हप्तादेखि खानेपानीको हाहाकार

blog

थोरै पानी आउने धारा भर्न राखिएका ग्यालेनको लाईन । तस्बिरः राजन रावत

हुुम्ला, असार ३ गते । जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँमा दुुई हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पानीको मुहानको श्रोत सुक्दै गएको कारण पानीको समस्या देखिएको हो । 

अदानचुली गाउँपालिका– २ का काली बहादुुर महताराले श्रीनगर गाउँमा दुुई हप्तादेखि धारामा पानी आउने छोडेपछि स्थानीयलाई समस्या भएको बताउनुुभयो । दिनमा एक घण्टा जति थोरै पानी आउने बताउदै उहाँले त्यसमा स्थानीयलाई ग्यालेन लाईनमा राख्नुु पर्ने बाध्यता रहेको बताउनुुभयो ।

पानी आउने अबधिसम्म पालो आए पानी भर्न पाउने नआए अर्को दिनको लागि कुर्नु पर्ने अबस्था छ । धाराबाट बढीमा सात वटा ग्यालेन भरिने गरेको छ ।  दिनमा एक पटक आउने पानी उक्त गाउँको खानेपानीको मुहान वडा नम्बर ५ को कालिकामा रहेको र मुहानमा पानीको श्रोत कम भएपछि खानेपानीको समस्या भएको हो । 

खडेरीको कारण पानीको मुहान सुुके पछि पानीको समस्या हुन थालेको हो । उक्त खानेपानी योजनाका लागि गाउँपालिकाले भर्ना गरेका चौकीदारलाई पूनः म्याद थप गर्ने नगर्ने बारे निर्णय नहुँदा पनि पाईप लाईनबाट चुहिएको पानीको मर्मत गर्ने कार्य रोकिदा पनि समस्या थपिएको हो । अर्का स्थानीय परबहादुुर बुढाले करिब आठ सय भन्दा बढी घरधुुरी भएको अदानचुली गाउँपालिका– २ र ३ वडाको श्रीनगर गाउँका स्थानीय धारामा पानी कम आउन थालेपछि एकघण्टा टाढाको खोलाबाट पैदल बोक्नुु पर्ने अवस्था रहेको बताउनुुभयो । 

यसले गर्दा घरको एक जना सदस्यको काम नै पानी ओसार्ने कार्य हुने गरेको छ । उहाँले अझ केही स्थानीयले टाढको खोलाबाट गाडीमा समेत पानी ल्याउने गरेको बताउनुुभयो । उहाँले श्रीनगर गाउँमा  हरेक वर्ष यो अबधिमा खानेपानीको हाहाकार हुने गरेको भएपनि यो वर्ष बढी नै भएको बताउनुुभयो ।  

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।