मुहानमा भलबाढी घरघरमा धारा खाली
बाढीपहिरोले पानीको मुहानमा क्षति पु-याएपछि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा एक हप्तादेखि पानी आपूर्ति हुन सकेको छैन । वीरेन्द्रनगर–५ की गीता थापाले धारामा एक हप्तादेखि पानी नआएको र नजिकको खोलामा रहेको धारामा पानी भर्नेको भीड हुने गरेको बताउनुभयो ।
टिकट नपाएपछि पार्टीभित्र अन्तरघात : उपसभापति खड्का
नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले टिकट नपाएको झोकमा पार्टीभित्रै अन्तरघात भएको बताउनुभएको छ । आइतबार सुर्खेतमा भएको स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित कांगे्रस जनप्रतिनिधिलाई शुभकामना एवम् अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।
सामूहिक स्याउ र ओखर खेतीमा युवा
नाम्खा गाउँपालिका–१, हेक्पा गाउँका युवाले व्यावसायिक रूपमा स्याउ र ओखर खेती सुरु गरेका छन् । सानासाना टुक्रा जग्गामा बिरुवा लगाउनुभन्दा जग्गाको चक्लाबन्दी गरेर धेरै क्षेत्रफलका एक साथ व्यावसायिक खेती गर्नु लाभदायक हुने भएकाले युवा त्यसतर्फ लागेका हुन् । हे
प्राथमिकतामा पूर्वाधार विकास
सुर्खेत जिल्लाका नौवटा पालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । बजेट आकारका हिसाबले वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो झन्डै दुई अर्बको बजेट ल्याएको छ । चिङ्गाड गाउँपालिकाले सबैभन्दा कम ३९ करोड ३८ लाखको बजेट सार्वजनिक गरेको छ । प्रायः पालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, विद्युतीकरणलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन् ।
सन्तोषलाई भैंसीपालन व्यवसाय फाप्यो, मासिक लाख आम्दानी
लेकवेशी नगरपालिका ९ कालताँडीका सन्तोष खाम्चाले व्यावसायिक रुपले भैसीपालन सुरु गरेको करिब दुई वर्ष भयो ।
हुम्लामा मनसुनजन्य विपद् प्रतिकार्य योजना तयार
चार वर्षपछि जिल्लामा मनसुुनजन्य बिपद प्रतिकार्य योजना तयार गरिएको छ । बिपद जोखिम तत्थ्याङका आधारमा यसवर्ष हुनसक्ने सम्भावित जोखिम आँकलन गर्न प्रतिकार्य योजना तयार गरिएको हो ।
काष्ठकलाका कालिगड कालो तिरुवा सम्मानित
जुम्ला हिमा गाउँपालिका कालिगड कालो तिरुवा सम्मानित हुनुभएको छ । १२ औँ गाउँसभाको क्रममा तिरुवालाई हिमा गाउँपालिकाले सम्मान गरेको हो । पर्यटकले एक पटक तस्विर खिचेर जाने चिउडी साँघुमा रहेका कलात्मक काष्ठकलाका चित्र बनाउने देखि विभिन्न काठका कलात्मक कामहरु गर्दै आउनुभएका ज्येष्ठ नागरिक कालो तिरुवा सम्मानित हुनुभएको हो ।
हुम्लामा १६९ जना उम्मेदवारको जमानत जफत
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका सात वटै गाउँपालिकाबाट १६९ जना उम्मेदवारको जमानत जफत भएको छ । वडा सदस्यदेखि गाउँपालिका अध्यक्ष पदका प्रत्यासीहरुको जफत भएको हो ।
अध्यक्षकी आमाको मृत्यु भएपछि गाउँसभा स्थगित
सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकायाकी आमाका मृत्युु भएपछि गाउँसभा स्थगित भएको छ । शुुक्रबार चार बजे सभामा बजेट प्रस्तुुत भई रहेको समयमा अध्यक्षकी आमाको मृत्युुको खबर आएपछि सभा स्थगित भएको हो ।