• ६ जेठ २०८१, आइतबार

कर्णाली सरकारले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजारको बजेट

blog

मुना हमाल

सुर्खेत, असार १ गते ।  कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपियाँको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि सो बजेट सार्वजनिक गर्नुभएको हो । 

सरकारले चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ र पुूँजिगत तर्फ १९ अर्ब ४३  करोड पाँच लाख २४ हजार रुपियाँको बजेट ल्याएको छ । प्रदेश सरकारले यस वर्ष भौतिक पूर्वाधारलाई प्राथकिता दिँदै अधुरा योजना सम्पन्न गर्नेगरी बजेट ल्याएको जनाएको छ । 

मन्त्री विष्टले अधुरा योजना सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिएको बताउँदै अधिकांश पुराना योजनालाई निरन्तरता दिएको बताउनुभयो । सडक, सिंचाई, कृषि, स्वास्थ्य,  शिक्षालगायतको सन्तुलित  विकास गरी तिव्र आर्थिक विकास गर्ने र उद्योग, पर्यटन, कृषिमार्फत बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरण गरी लगानी प्रदेशको विकास गर्ने मन्त्री विष्टले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले निर्माणाधीन सडक र पुल निर्माणका लागि एक अर्ब ९४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।