• ७ जेठ २०८१, सोमबार

हुुम्लामा ३१ वटा बस्ती मनसुुनजन्य प्रकोपको उच्च जोखिममा

blog

उच्च जोखिममा रहेको नाम्खा गाउँपालिका –६ हिमालपारीको गाउँ लिमी । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, असार १ गते । जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य बिपदको उच्च जोखिममा रहेको छ । जिल्ला मनसुुनजन्य बिपद तथा प्रतिकार्य योजना २०७९ ले ती वस्तीलाई उच्च जोखिममा रहेको औल्याएको हो ।

जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्य दलले तयार पारेको मनसुनजन्य बिपद प्रतिकार्य योजनाले जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती उच्च जोखिममा रहेको बताउनुुभयो । 

उच्च जोखिममा रहेका बस्तीहरुमा गाउँपालिकाअनुुसार नाँम्खा गाउँपालिका –४ को चाला, वडा ५ को तुम्कोट र हिल्सा तथा वडा ६ को लिमीको हल्जी गाउँ रहेका छन् । त्यसैगरी सिमकोट गाउँपालिका –२ को ठेहे, वडा ४ को स्याम्ने र वडा ७ पनि उच्च जोखिममा रहेको छ । 

त्यसैगरी खार्पुनाथ गाउँपालिका–१ को लाली, वडा २ को थाली, वडा ३ को कारङ्ग र वडा ५ को खर्पेलगाउँ बस्ती रहेको छ । यता, सर्केगार्ड गाउँपालिका –४ को साँया र वडा ५ को गोलीगाउँ रहेको छ । चङ्खेली गाउँपालिका–४ को माथिल्लो पाली, वडा ५ को नेक्पा र ६ को राँतीगाउँ पनि उच्च जोखिम बस्तीको रुपमा औल्याइएको छ ।

त्यस्तै, अदानचुली गाउँपालिका –१ को कल्खे, ५ को कालागाड र ६ को लमैगाउँ पनि छ । त्यस्तै प्रतिकार्य योजना २०७९ ले ताँजाकोट गाउँपालिकाका पाँचवटा वडाका १२ वटा बस्ती पनि उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । 

प्रतिकार्य योजनाका अनुुसार नाँम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चङ्खेली गरी पाँचवटा गाउँपालिकाका बाह्र वटा बस्तीलाई मध्यम जोखिम बस्तीका रुपमा लिइएको छ । प्रतिकार्य योजना प्रकोपमा हावाहुरी, अविरल वर्षा, बाढी र पहिरोलाई उल्लेख गरिएको छ । २०७५ सालपछि सो प्रतिकार्य योजना नयाँ निर्माण भएको परिवारले बताउनुुभयो । 

हुुम्लामा मनसुुन भित्रिनसकेको भएपनि पुुर्बी नेपालमा भित्रिसकेका कारण उहाँले मनसुनजन्य प्रकोपबाट सबैलाई सजग र सतर्क रहन पनि उहाँले आग्रह गर्नुभयो । समितिको बैठकले नयाँ निर्माण भएको प्रतिकार्य योजना २०७९ लाई पनि पारित गरेर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।