• ७ जेठ २०८१, सोमबार

दुुई गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु

blog

राजन रावत

हुुम्ला, असार १ गते । सिमकोट र खार्पुनाथ गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो । 

सिमकोट गाउँपालिकामा प्रतियोगिताको आयोजक मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले गाउँपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको बताउनुुभयो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुुर रावतले गर्नुभयो । 

गाउँपालिकाका सातवटा मानसरोवर, बाल मन्दिर, रनिङ, रामदेव, कैलाश, कर्णाली र सैपाल माविबीच प्रतियोगिता सुुरु भएको हो । फिल्ड र ट्रयाक गरी १५ वटा बिधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यसका लागि सातवटै माविका गरी डेढ सयभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् । 

धुलाम्मे मैदान भएको कारण दिउँसोपछिका खेल सञ्चालनमा भने समस्या हुने खेल आयोजकले जनाएको छ । प्रतियोगितामा छात्र र छात्रातर्फ सञ्चालन हुनेछन् । उदघाटनसत्रमा जिल्ला समन्वय प्रमुख रावत, सिमकोट गाउँपालिकाको अध्यक्ष बिजय भण्डारी, उपाध्यक्ष शुुशिला भाम रोकाया लगायतको उपस्थिति थियो 

यता, खार्पुनाथ गाउँपालिकास्तरीय उक्त प्रतियोगिता पनि सुुरु भएको छ । उक्त गाउँपालिकाका पाँचवटा माविबीच प्रतिस्पर्धा हुनेभएको छ । सो गाउँपालिकामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । दुुवै गाउँपालिकामा विद्यालयस्तरमा प्रतिस्पर्धा भएर छनौट भएका खेलाडीले असार ९ देखि ११ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।