• ७ जेठ २०८१, सोमबार

प्रकोपजन्य घटनामा गरिने उद्धार कार्यको प्रर्दशनी

blog

प्रकोपका बेला गरिने उद्धार कार्यको प्रर्दशनी गर्दै सुुरक्षाकर्मी । तस्बिर - राजन रावत, हुम्ला

राजन रावत

हुुम्ला, जेठ ३१ गते । मनसुुन तथा अन्य प्रकोपबाट हुनसक्ने सम्भावित घटना तथा क्षतिका लागि सुुरक्षाकर्मीले गर्नुपर्ने उद्धार कार्यको प्रदर्शनी गरिएको छ । प्रकोपजन्य कुनै घटना भए त्यसका लागि गरिने उद्धार कार्यबारे जानकारी गराउन उक्त प्रर्दशनी गरिएको हो ।  

सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार मनसुन तथा अन्य प्रकोपजन्य घटना हुने समय भएको कारण त्यसबाट बच्नका लागि उद्धार कार्यको प्रदर्शनी गरिएको हो । 

प्रदर्शनीमा कुुनै मानिस भीरबाट लड्दा वा पहिरोमा परेका बेला गरिने उद्धार, पर्यटकीय सिजन सुुरु भएको कारण उच्च पहाडमा पर्यटक वा यात्रुुलाई लेक लागेको बेला त्यसबाट बचाउन र आगलागी भएर मानिस तथा धनमाल बचाउनका लागि सुुरक्षाकर्मीले गर्ने उद्धार कार्यको नमुना देखाइएको थियो । 

कार्यक्रममा जिल्ला न्यायाधीश जगतबहादुुर पौडेल, प्रमुख जिल्ला अधिकारी सीता परियारलगायतको  उपस्थिति थियो ।