सामाजिक क्षेत्रमा योगदान पुर्याउने चारजना सम्मानित
म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य, लघुउद्यम, कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पुर्याउने चार जनालाई सम्मान गरिएको छ ।
योजनाहरुको ठेक्का तोड्न सकिँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र रहेका अलपत्र योजनाहरुको ठेक्का सम्झौता तोड्न नसकिने बताउनुभएको छ ।
लेक लागेका बिरामीको उपचार मुक्तिनाथमै
मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यवस्था गरिएको छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ (मुक्तिनाथ स्वास्थ्य सेवाश्रम अस्पताल) स्थापना भएपछि भक्तजनलाई सहज भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकलाई समस्या भएमा आकस्मिक उपचार गर्न सहज भएको छ। गत पुस महिनादेखि मुक्तिनाथ मन्दिरमा सेवाश्रम स्थापना गरिएको हो।
‘लिटिल बुद्ध’ साकारको एकल प्रस्तुति
लिटिल बुद्धका रूपमा परिचित र्यापर साकारले पोखरामा एकल प्रस्तुति गर्नुभएको छ । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाउनुभएको थियो । पोखराको लेकसाइडमा आयोजित कन्सर्टमा साकारले हाउसफुल दर्शकमाझ आफूलाई प्रस्तुत गर्नुभएको थियो । उहाँको कन्सर्टमा करिब सात सय दर्शक उपस्थित थिए । उहाँले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’ का गीत सुनाएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
गण्डकीमा प्रदेशका संरचनाको मूल्याङ्कन गर्न कार्यदल गठन
गण्डकीमा प्रदेश सरकार मातहत रहेका बोर्ड, आयोग, प्रतिष्ठान लगायतको भूमिका र आवश्यकता मूल्याङ्कन गर्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ।
समयमै वडा कार्यालय भवन निर्माण
गोरखाको गण्डकी गाउँपालिका– ८ को बरफेदीमा समयमै वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आफ्नै भवनबाट गाउँपालिकाले सेवा सुचारु गरेको हो ।
बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन
म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने : प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
संविधान दिवसमा तनहुँका कारागारका ११ कैदी रिहा
संविधान दिवसको अवसरमा तनहुँ कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ११ जनाको कैद मिनाहा भएको छ ।
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किएको हो ।
स्याङ्जाका छ कैदीबन्दीको कैद मिनाहा
संविधान दिवसको सन्दर्भ पारेर जिल्ला कारागार स्याङ्जाका छ कैदीबन्दीले कैद मिनाहा पाएका छन् ।
एमाले गण्डकी अधिवेशनको लोगो सार्वजनिक
नेकपा (एमाले) गण्डकी प्रथम प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । यही असोज १५ र १६ गते पोखरामा हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको लोगो एमालेले सार्वजनिक गरिएको छ ।
नारायणगढ–बुटवल सडक : कछुवा गतिमा हुँदै छ निर्माण
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्यो। तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले काम गरिसकेको छैन । यसले गर्दा पश्चिमबाट पूर्वतर्फ आउने र जाने यात्रुले निकै कष्ट बेहोर्नु परेको छ ।
बारीबाटै ड्र्यागन फ्रुट बिक्री
तनहुँमा एक महिला उद्यमीले उत्पादन गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) ग्राहक बारीमै आएर टिपेर लैजाने गरेका छन्। व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले लगाएको ड्र्यागन फ्रुट किन्न ग्राहक बारीमै पुग्छन्।
वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय
पूर्वी नवलपरासी कावासोतीका माझी, मुसहर र बोटे समुदायका मानिस वैकल्पिक पेसातर्फ उन्मुख हुन् थालेका छन्। सन्तबहादुर माझीले माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्न थालेको बताउनुभयो। अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी डकर्मी पेसातर्फ उन्मुख भएका छन्। कावासोती–७ साँढको मुसहर बस्तीका १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेको छ। नदीमा माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायलाई वैकल्पिक पेसातर्फ उन्मुख गराउन सामाजिक संस्थाको उल्लेखनीय भूमिका रहेको छ।
चाडपर्वमै बजार सुनसान
तनहुँको मुख्य व्यापारिक क्षेत्र सदरमुकाम दमौली लगायतका बजार क्षेत्र चाडपर्वको बेला समेत सुनसान देखिन्छ । ठुलो चाड दसैँ, तिहार नजिक आएपनि किनमेल गर्नेको चहलपहल हुन नसकेको व्यापारीहरूले बताएका छन् ।
कर्मचारी अभाव हुँदा अनुसन्धान सुस्त
लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम प्रभावित भएको छ । अनुसन्धानका लागि आवश्यक कुल ३७ कर्मचारीको दरबन्दीमध्ये हाल ६ जना कर्मचारी मात्र छन् ।
नागरिकको अधिकार खोसिन नदिन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण : प्रमुख सचेतक न्यौपाने
गण्डकी प्रदेश सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दुप्रसाद न्यौपानेले नागरिकको अधिकार खोसिन नदिन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल तनहुँ आउनु हुने
राष्ट्रपति रामचन्द्र पौडेल असोज ६ गते शनिबार आफ्नो गृह जिल्ला तनहुँ आउनुहुने भएको छ । राष्ट्रपतिले दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको समुद्घघाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
गायनले दर्शकको मन जित्दै सिम्रन
आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बाग्लुङकी सिम्रन परियार पछिल्लो समय दर्शकको मन जित्न सफल भएकी छिन् । उहाँले तीजको अवसरमा स्याङ्जाको अर्जुन चौपारीमा आयोजित कार्यक्रममा दर्शकलाई नचाउनु भयो ।
बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइयो
म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो ।
सामुदायिकमा घटे विद्यार्थी
विद्यार्थीको अभावमा शैक्षिक संस्था समायोजन हुँदै गएका छन्। ११ पालिका रहेको स्याङ्जामा ७१ विद्यालय समायोजन भइसकेका छन्। तथापि शिक्षकको दरबन्दी र सङ्ख्या घटेको छैन। समायोजन भएका विद्यालय प्रयोगविहीन भएका छन्। खाली रहेका विद्यालयको अन्य प्रयोजन र संरक्षण हुन सकेको छैन। एक दशकको अन्तरालमा विद्यार्थीको सङ्ख्या निकै घटेको छ। गाउँ गाउँमा खुलेका सामुदायिक विद्यालय अस्तव्यस्त अवस्थामा चलिरहेका छन्। विद्यार्थी सङ्ख्या बढाएरै भए पनि विद्यालय जोगाउन स्वयं शिक्षक नै लागिपरेका छन्। उनीहरूको ध्यान गुणस्तरीय शिक्षा प्रदान गर्नमा छैन, छ त केबल गाउँको विद्यालय जोगाउन र आफ्नो जागिर घरपायक नै रहिरहोस् भन्नेमा मात्रै जोड छ। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन गुणस्तरीय र आधुनिक शिक्षामा जोड दिनु अपरिहार्य रहेको छ तर सरोकारवालाको यसतर्फ ध्यान नै गएको छैन । पछिल्लो समय केही पालिकाले राहत तथा अस्थायी शिक्षकलाई अन्यत्र जिल्लामा पठाउने प्रयास गरिरहेको भए पनि राजनीतिक दबाबकै कारण यसले सार्थकता पाउन सकेको छैन।
सिम्रन स्याङ्जामा भाइरल
आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बागलुङकी सिम्रन परियारले स्याङ्जाको अर्जुनचौपारीमा दर्शकको मन जित्नुभएको छ । महिलाको महान् चाड हरितालिका तिजका अवसरमा दलित उत्थान केन्द्र, अर्जुनचौपारीद्वारा सोमबार आयोजित रामाइलो तिज मेलामा उहाँ आफ्नो प्रस्तुतिले दर्शकमाझ भाइरल हुनुभएको हो ।
अर्जुन चौपारीमा फ्युज सेवा कार्यालय
अर्जुन चौपारी गाउँपालिकाका स्थानीय बासिन्दाले विद्युत प्राधिकरणका स्याङ्जाबाट पाउने सबै सेवा अब पालिकाबाटै पाउने भएको छ । नेपाल विद्युत प्राधिकरण स्याङ्जाले अर्जुन चौपारी-१ मा फ्युज सेवा कार्यालय राखेसँगै सबै सेवा यतैबाटै पाउने भएको हो ।