कोरला नाका खोल्ने तयारीमा मुस्ताङ प्रशासन
नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित
पुतलीबजार नगरपालिका–१ मा स्याङ्जा साहित्य प्रतिष्ठानले लोकसाहित्य विमर्श, पुस्तक विमोचन, स्रष्टा सम्मान गरेको छ ।
माओवादी नेताहरु कुचो लिएर अस्पतालमा
परिवर्तनका लागि जनयुद्ध हाँकेका माओवादीका नेता तथा कार्यकर्ताहरू फेरि कुचो लिएर अस्पताल, गाउँ सरसफाइमा लागेका छन् ।
एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ ।
चितुवाले १९० वटा कालिज मार्यो
कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुउद्देश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ ।
तीन महिना ढिला गरी कुस्माको बजेट प्रस्तुत
कुस्मा नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को लागि कुल बजेट निर्धारित समयभन्दा तीन महिनापछि मात्रै बुधवार सम्पन्न नगर सभा मार्फत सार्वजनिक भएको छ । कुस्मा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ८७ करोड ८५ लाख सार्वजनिक गरेको हो ।
आवश्यकताका आधारमा विकास बजेट वितरण
तनहुँको भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर छ । साबिक भिमाद गाविस रहेको यो नगरपालिका २०७३ सालमा नगरपालिकाका रूपमा स्थापना भएको हो । यस नगरपालिकामा कृषिको प्रचुर सम्भावना छ । विशेष गरी यहाँबाट ठुलो परिमाणमा अदुवा भारत निकासी हुने गर्छ । तनहुँका अतिरिक्त स्याङ्जा, नवलपरासी, नवलपुर र पाल्पा जिल्लाको व्यापारिक केन्द्रका रूपमा रहेको भिमाद बजार यसै नगरपालिकामा पर्छ । भिमाद नगरपालिकाका प्रमुखमा दधिराज सुवेदी नेकपा (एमाले) का तर्फबाट निर्वाचित हुनुभएको हो । नगर प्रमुख सुवेदीसँग गोरखापत्र दैनिकका पत्रकार अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
पातले छाँगो निजी कम्पनीलाई
पोखरा महानगरपालिकाले पातले छाँगो निजी कम्पनीलाई दिने निर्णय गरेको छ। महानगरपालिकाले सेती क्यानोनिङ नामक निजी कम्पनीलाई ४० वर्षका लागि दिने निर्णय गरेको हो। यो निर्णय भने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वको पालामा भएको थियो। निवर्तमान मेयर जिसीको ४७ औँ कार्यपालिका बैठकमा पातले छाँगोलगायत केही घाट ३५ देखि ४० वर्षसम्मका लागि भाडामा दिने निर्णय भएको थियो।
बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति
म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।
डाक्टरहरू सडकमा, बिरामीका आफन्तको चक्काजाम
पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् ।
‘परीक्षामा फेल भएकालाई न्यायाधीश बनाइयो’
नेकपा (एमाले) का सचिव पदमा अर्यालले कानुनमन्त्रीले परीक्षामा असफल भएकालाई न्यायाधीश बनाएकोभन्दै आलोचना गर्नुभएको छ ।
पर्यटन विकासको प्रमुख चुनौती सुरक्षा
नवलपुरको कावासोती नगरपालिकामा ४४ औँ विश्व पर्यटन दिवस, ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ प्रभातफेरी गरिएको छ ।
महभिरमा पहिरोले दुई घर पुरिए
म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थित ओडारबोटमा पहिरोले दुई घर पुरिएको छ । बुधबार विहान २ बजे वस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले ओडारबोटका स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो ।
मनाङमा पर्यटकलाई सहज, सडक सञ्जालले पदमार्ग सङ्कटमा
लमजुङको बेँसीसहरबाट सुरू हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ (५,४१६ मिटर) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ ।
घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’
विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो ।
ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो
ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो ।
म्याद गुज्रेका सामान बेच्नेलाई एक लाख रुपियाँसम्म जरिबाना
बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा–७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिबाना तिराएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक गुरुदत्त ढकालले स्टोर्समा म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएपछि समितिले एक लाख रुपियाँ जरिबाना तोकेको जानकारी दिनुभयो ।
मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो
पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बजार अनुगमन : किसान मार्टलाई लाख जरिवाना
चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा किसान मार्टलाई एक लाख रुपियाँ जरिवाना गरेको जनाएको छ ।
जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या
नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदैआएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा जनशक्ति मात्रै होइन, पूर्वाधारको समेत उस्तै समस्या रहेको छ ।
याकचौंरीको ‘हब’ मनाङ
बर्सेनि मनाङका किसानले पालेका याकचौंरीका बाच्छाबाच्छी हिउँ चितुवाको आक्रमण पर्ने गरेका छन् । हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ ।
जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग प¥याएको हो । निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको छ ।