तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो ।
डिडिसीले दुग्ध प्रशोधन कारखाना खोल्ने
गण्डकी प्रदेश राजधानी पोखरा महानगरमा दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भएको छ । वडा नं २५ हेम्जाको सुइखेता खोलानजिक करिब २५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराएर त्यहाँ कारखाना स्थापना गर्ने तयारी भएको छ । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत राजमार्गसँगै जोडिएको जग्गा वा त्यसकै भित्रपट्टिको अर्को जग्गा कारखाना खोल्नका लागि उपलब्ध गराउन महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ ।
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई एक लाख जरिवाना
पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ ।
म्याद गुज्रेका सामान बेच्नेलाई लाख जरिवाना
बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा ७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिवाना गरेको छ ।
शीतोष्ण बागवानी विकास केन्द्रको ५७ वर्ष
शीतोष्ण हावापानीमा उत्पादन हुने र उत्पादन गर्न सकिने तरकारी तथा फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र स्थापना भएको ५७ वर्ष पुगेको छ ।
नदीले बगाउँदा एकको मृत्यु
दरौंदी नदीले बगाएर गोरखामा एक जनाको मृत्यु भएको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उहाँको ज्यान गएको हो ।
एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटियो
वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ अधेरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे निर्माणसँगै एक घण्टा लाग्ने ठाउँमा अब पाँच मिनेटमा छोटिएको छ ।
जलवायु परिवर्तनले कृषिमा असर, उत्पादन घट्ने
जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । जसका कारण समयमा पानी नपर्नु, तापक्रममा बृद्धि हुनुलगायतका समस्याले कृषि क्षेत्रमा विभिन्न समस्या देखिन थालेको किसानहरुको बुझाइ छ ।
गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’
गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानवनिर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ ।
स्वास्थ्य शिविरको खर्च भुक्तानी नहुँदा विवाद
पर्वतको कुश्मा नगरपालिकास्थित ठूलीपोखरीमा आयोजना भएको स्वास्थ्य शिविरको खर्च भुक्तानी हुन नसकेपछि विवाद भएको छ ।
पहिरोमा पुरिएर कृष्णबहादुरको मृत्यु
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ ।
सामाजिक सद्भाव कायम राख्न अपिल
नवलपरासीपूर्वमा विभिन्न जातजातिका नाममा साम्प्रदायिक झैझगडाका कारण विभिन्न घटना हुन नदिन यहाँका राजनीतिक दल र धार्मिक सङ्घ सङ्गठनले अपिल गरेका छन्। पछिल्लो समय धरानमा धर्म र जातका नाममा भएको घटना अन्य जिल्लामासमेत फैलन सक्ने भन्दै हल्लाका पछि नलागि सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको हो। साम्प्रदायिक घटनाले समाजलाई फाइदा नहुने बताइएको छ।
ताल झरनाको आकर्षण बढ्दै
मनाङ जिल्ला प्रवेश नाकामा झुरुप्प बनेर बसेको तालगाउँ र झरनाको आकर्षण बढ्दै गएको छ। मनाङ जाने जो कोहीलाई यी दुई कृत्रिम तथा प्राकृतिक सौन्दर्यले स्वागत गर्छ। तालगाउँको आकर्षण त्यसमाथि डाँडामा मनै लोभ्याउने झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ। मस्र्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपेको छ।
गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा
नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो ।
खाग चोरीमा संलग्न फरार दुई जना पक्राउ
प्रहरीले गैँडा मारेर खाग चोरी गरेको मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका १६ स्थित हटियाबाट हाल सोही वडामा बस्दै आएका चितवन जिल्ला पदमपुर घर भएका विष्णु कार्की र काले बानियाँलाई प्रहरीले पक्राउ गरेको हो।
पर्यटन दिवसमा सडक महोत्सव हुने
यसपालिको विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आगामी बुधबार मनाइँदैछ । दिवसको अवसरमा पर्यटकीय नगर पोखरामा मिनीसडक महोत्सव हुनेभएको छ ।
गोरखामा चाइनिज सालक र हुचिलको उद्धार
गोरखामा चाइनिज सालक र हुचिलको उद्धार गरिएको छ । गण्डकी गाउँपालिका –८ मा रहेको दुई वन्यजन्तु उद्धार गरिएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।
कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि असोजको तेस्रो हप्ता ‘घरपझोङ गाउँपालिका कृषि तथा पर्यटन महोत्सव २०८०’ आयोजना गर्ने भएको हो ।
व्यावसायिक आलु खेतीतर्फ किसान आकर्षित
पूर्वी नवलपरासीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । आलु खेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी
उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक(सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् ।
५० प्रतिशत रकम जुटाउन नसक्दा विद्यालय भवन बनाउन आएको रकम मन्त्रालयमै फिर्ता
पर्वतको कुस्मा नगरपालिकास्थित दुर्लुङ थुममा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयले भवन निर्माणका लागि आएको रकम मन्त्रालयमै फिर्ता गर्ने भएको छ । दुई वर्षसम्म पनि भवन निर्माण गर्न नसकेपछि विद्यालयले भवन निर्माणका लागि आएको ३६ लाख रकम फिर्ता पठाउन लागेको हो ।
विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा
राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।
पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क ९एनआरइएन०बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मनै लोभ्याउने मनाङको ताल गाउँ
मनाङको प्रवेशद्वार ताल गाउँ । ताल गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्नासाथ एकसाथ झुरुप्प बनेर बसेको ताल गाउँ र झरनाले स्वागत गर्छ । ताल गाउँको सुन्दरताको रूपमा रहेको दुई झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ ।