‘कार्यान्वयन हुने योजना समेटिने’
गण्डकी प्रदेश सरकारले चालु वर्षका लागि दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्दै छ। प्रदेश नीति तथा योजना आयोगले उक्त योजना निर्माणका लागि तयार गरेको अवधारणपत्र पारित गरिएको छ। प्रदेश मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले अवधारणापत्र पारित गर्ने निर्णय गरेको हो। बढ्दो बसाइँसराइ रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाव दिएको छ। मुख्यमन्त्री पाण्डेले अब कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्नेमा जोड दिनुभएको हो। गर्नै नसकिने महत्वाकाङ्क्षी योजनाहरू राख्नकै लागि मात्रै उल्लेख नगर्न सुझाव दिनुभयो।
चाडबाडको मुखमा व्यापार शून्य
हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजका अवसरमा यति बेला बजारमा तिजको चहलपहल बढेको छ। केही दिन अगाडिदेखि नै तिज मनाउने प्रचलन सुरु भएसँगै किनमेल गर्नेको पनि भिड देखिन्छ। महिलाको विशेष चाड तिज पर्वका लागि विभिन्न पसलमा रातो सारी, कुर्ता र चुरापोते तथा गहना सजाइएका छन्। फेसनअनुसारको पहिरन तथा गरगहना लगाउने सोखका कारण पसलहरूमा भिडभाड बढेको छ। यद्यपि व्यापारीहरू भने पहिलेको तुलनामा व्यापार नभएको गुनासो गर्छन्। पैसाको अभावका कारण ग्राहकले किनमेल कम गरेको उनीहरूको भनाइ छ। कावासोती–८ मा रहेको धर्म वस्त्रालयमा सञ्चालक धर्म काफ्ले तिजमा व्यापार हुने आशा भए पनि निराशाजनक भएको बताउनुहुन्छ।
तनहुँमा फैलियो डेंगु रोग
पछिल्लो समय तनहुँमा डेंगुको प्रकोप बढेको छ । डेंगुको प्रकोप बढ्न थालेपछि सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको हो । साढे दुई महिनाकै अवधिमा जिल्लामा झण्डै एक हजार जनामा यसको सङ्क्रमण देखिएको छ ।
जनयुद्धले महिला हक र अधिकार स्थापित गर्यो : मन्त्री सिंखडा
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले जनयुद्धले नेपाली महिलाहरुको हक र अधिकारलाई स्थापित गरेको बताउनुभएको छ ।
राष्ट्रिय फुटसल असोजमा
पोखरामा दोस्रो राष्ट्रिय फुटसल प्रतियोगिता असोजमा हुने भएको छ । राजन एन्ड द ब्रदर्शको आयोजनामा असोज २७ देखि ३० गतेसम्म पोखरा रंगशालास्थित कभर्ड हलमा फुटसल हुन लागेको हो ।
पिसजोन इन्टिग्रेटेड एकेडेमी एलाई उपाधि
वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी एले हात पारेको छ ।
गल्याङ बजारको फोहोर व्यवस्थापन चुनौती बन्दै
स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहोर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेको फोहोरमा अज्ञात समूहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।
मुस्ताङ गल्फ प्रतियोगिता : तामाङलाई उपाधि
दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले जित्नुभएको छ ।
छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो ।
गरिँदै पानीको गुणस्तर मापन
नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ । खानेपानी पाइपमा ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो ।
तालको खोजीमा स्थानीय तह
मनाङ जिल्लामा आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले चार स्थानीय तहले जिल्लाभित्र रहेका हिमतालको खोजी गर्ने योजना बनाएका छन्। धेरै पर्यटक भित्र्याउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसै सन्दर्भमा चामेस्थित चामे गाउँपालिका–४, लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिकै काजिनसरा ताल भेटिएको थियो। ताल भेटिएपछि २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले काजिनसरा तालको प्रचारप्रसारका लागि कार्यक्रम गरेको थियो। तालको प्रवर्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महासङ्घ मनाङ तथा स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो। गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा काजिनसरा ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेस क्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।
बटुवा डराउने टुनिबोटमा अस्पताल
कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाउँ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुवाकोटका राजाले पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो । हातहतियार राख्न प्रयोग गरेको १२० मिटर लामो इँटा र माटोले बनाएको दरबारलाई श्री ३ महाराज खड्गशमशेरले १९९७ सालमा नेपालभरका ४२२ कुष्ठरोगीलाई उपचार गर्न यही ठाउँको प्रयोग गर्नुभएको थियो । लामो समय कुष्ठरोगी बस्ने स्थान मालुङ्गा टुनिबोट अहिले अस्पतालमा रूपान्तरण भएको छ । यहाँ बिरामीले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउने गर्छन् । अहिले सरकारले सर्वसाधारणका लागि सुविधा सम्पन्न १५ बेडको स्वास्थ्य
पोखरामा ‘अन्तर’को चर्चा
पोखरामा शनिबार र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरेको हो।
ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गोरखामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका –४ अमराईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षका रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।
तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै
हिन्दु महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।
पुनलाई सहारा पत्रकारिता पुरस्कार
सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस वर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुभएको छ ।
टयाक्टर दुर्घटनामा चार गम्भीर घाइते
गोरखा नगरपालिका–३ स्थित नारेश्वरको ओरालोमा टयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । गोरखा सदरमुकामबाट नारेश्वरतर्फ जाँदैगरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।
मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिताको सुरु
मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा दोस्रो गल्फ कोर्स प्रतियोगिता सुरु भएको छ । शनिबार बिहान गल्फ प्रतियोगिताको उद्घाटन गरिएको हो ।
परम्परागत सीप सिकाउँदै विद्यालय
व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।
‘गाउँमा बस्ने वातावरण बनाउनुपर्ने’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधारको विकास गरे पनि गाउँ छाडेर हिँड्ने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। पर्वतको कुस्मा नगरपालिका–१४ को वडा कार्यालय भवन शिलान्यास तथा पञ्चकोशी माविको चारकोठे भवन उद्घाटन गर्दै उहाँले गाउँमा पूर्वाधार बन्दै जाने तर विकास भएन भन्दै गाउँ छाडेर हिँड्ने प्रवृत्ति भएको बताउनुभयो।
पोखरामा थपिए ४७ नगर प्रहरी
पोखरा महानगरमा ४७ नगर प्रहरी थपिएका छन्। अब महानगरमा नगर प्रहरीको सङ्ख्या ७६ पुगेको छ। शुक्रबार दीक्षित भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन्।
कालीगण्डकी कोरिडोरमा राती सवारीसाधन चलाउन रोक
कालीगण्डकी कोरिडोर खण्डमा आजदेखि रातको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ । सो सडक निर्माणका क्रममा रहेकाले कोरिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।