कृषकलाई आलु भित्र्याउने चटारो
म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषक आइतबार दिउँसो आलु खन्दै । म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ ।
तनहुँ जलविद्युत् आयोजना निर्माणस्थल
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगाबाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज १ को निर्माणस्थल ।
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।
देवकोटा दोस्रो पटक मन्त्री नियुक्त
गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा आइतबार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुनुभएको छ ।
हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति
विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो ।
राजमार्गमै रोपियो धान
राष्ट्रिय धान दिवसमा देशभर रोपाइँसहित अनेक रचनात्मक कार्यक्रम भए । पोखरा महानगर–१ मा पर्ने मध्यपहाडी लोकमार्ग खण्डमा भने फरक कार्यक्रम भयो । लोकमार्गको हरिचोकदेखि याम्दीसम्मको सडक स्तरोन्नतिको काम साह्रै सुस्त भएपछि स्थानीयले सडकमै धान रोपे ।
थाली नाच संरक्षणमा महिला
लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदै छ ।
गोरखामा ५ प्रतिशत रोपाइँ सम्पन्न
असार १५ गते धान दिवस मनाउँदै गर्दा गोरखामा जम्मा ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अहिलेसम्म गोरखामा पानी नपर्दा अधिकांश किसानका खेतहरू बाझै रहेका कारण सोचेजस्तो रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख मिरा चौधारीले जानकारी दिनुभयो ।
म्याग्दीमा २० प्रतिशत मात्रै रोपाइँ
हिमाली जिल्ला म्याग्दीमा असारको १५ गतेसम्म जम्मा २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन ।मङ्गला गाउँपालिका–३ बरंजा र बेनी नगरपालिका–४को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
बागलुङमा पहिरोले दुई जनाको मृत्यु
शनिबार भएको वर्षाका कारण बागलुङमा आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर ८ बिसौना बस्ने ५५ वर्षीय प्रेम विक र ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । उहाँहरू श्रीमान् श्रीमती हुनुहुन्छ ।
त्रिशुली नदीमा वृद्धको शव फेला
गोरखा तर्फको गण्डकी गाउँपालिका–६ दुर्बुङ नजिकै त्रिशूली नदीमा एक वृद्धको शव फेला परेको छ । फेला परेको शव धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ का ७१ वर्षीय नुर बहादुर विश्वकर्माको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
खेतीयोग्य जमिन नासिँदै
असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
नवलपुरमा २० प्रतिशत रोपाइँ
नवलपुरमा धान रोपाइँ सुरु भएको छ । असारको दोस्रो साताबाट जिल्लाका विभिन्न ठाउँमा धान रोपाइँ सुरु गरिएको हो ।
गाई काट्ने एक पक्राउ
गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ वर्षीय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरोपीडितलाई आर्थिक सहयोग
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गरेको छ । गएराति फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘कोरिडोर’ अवरुद्ध
गएराति भीषण वर्षासँगै खसेको पहिरोले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।
मनसुन झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्जोग पदमार्गमा पर्ने मनसुन झरना र नजिकै रहेको काठे झोलुङ्गे पुल तर्दै गरेका पदयात्री । मनसुन झरना अन्नपूर्ण प्रथम आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको आकर्षण हो ।
मन छुने मुस्ताङ
मन छुने मुस्ताङको प्रकृति । देख्नुको मज्जा बेग्लै । हेर्नुको आनन्द अर्कै । अनौठो भूतलमा भव्य सुन्दरता । प्रकृतिको अचम्मकै लीला । प्रकृतिको रचना वर्णन गर्नै नसकिने । हेर्नुको प्यासले व्याकुल मन । आनन्दले मस्त तन । जहाँ अर्कै धर्तीमा पुगेको भान हुने । मन छुने मुस्ताङको प्रकृति देखेर आँखाहरू स्वतः प्रेममय बन्ने । मन रमाएर उल्लासले उन्मुक्त उडानमा वेग मार्न थाल्ने । हृदयको क्यानभासमा दृश्यहरू स्वतः लेपन हुने । अन्ततः यात्राका मिठा–मिठा यादहरू थपिँदै जाने रहेछ । जिन्दगी यात्राको एक अर्को नवीनतम अध्यायमा प्रविष्ट म । मेरा सारा रहरहरू चित्रमय दृश्यमा रूपान्तरित । प्रकृतिको काखमा लुटुपुटु, छुनुमुनु हुँदै मैले हिँडेको बाटो
बन्दीपुरमा बिस किलोमिटर कालोपत्रे
तनहुँको बन्दीपुर गाउँपालिकाले एक वर्षकै अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरेको छ । कालोपत्रेले यात्राको समय छोट्टिएको छ भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषि उपज ढुवानी गर्न सहज भएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन कालोपत्रे निर्माणलाई प्राथमिकतामा राखेको र झन्डै २० किलोमिटर कालोपत्रे पूरा भएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “सडक कालोपत्रे र पिसिसी गरेर यात्रा सजिलो बनाएका छौँ ।”
पुनर्निर्माण भएन भानुको घर
नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका–४ स्थित घर शिलान्यास भएको आठ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । २१ वर्षअघि आगलागी हुँदा जलेर नष्ट भएको घर २०७३ साल चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको थियो तर अझै पुनर्निर्माण हुन सकेको छैन ।
पहिरोमा पुरिएर आमा छोरीको मृत्यु
फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल वर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।
तनहुँमा १३ विद्यालयको नतिजा शून्य
बिहीबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँका १३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
धौलागिरि क्षेत्रकै सर्वोत्कृष्ट अङ्क ल्याउनेमा छात्रा रिमाल
एसइई २०८० को परीक्षामा पर्वतको नमूना आवासीय बोर्डिङ स्कुलका छात्रा सफलता रिमालले धौलागिरि क्षेत्रमै सर्वोत्कृष्ट अंक हासिल गर्नु भएको छ ।