वर्षाले गोठ भत्किँदा दम्पती घाइते, तीन चौपाया मरे
अविरल वर्षासँगै भीरकोट नगरपालिका वडा नम्बर ९ साउण्डीमा कच्ची गोठ भत्किँदा श्रीमान् श्रीमती घाइते भएका छन् । स्थानिय ६७ वर्षीय चन्द्रबहादुर सिंजालीको २ तले कच्ची गोठ अविरल वर्षाका कारण भत्किएको हो ।
मापसे गरेर एम्बुलेन्स चलाउने चालकलाई मुद्दा
मदिरा गरेर सवारी चलाएको आरोपमा तनहुँमा प्रहरीद्वारा एक जना एम्बुलेन्स चालकलाई पक्राउ गरिएको छ । ग २ च ७००२ नम्बरको एम्बुलेन्स चालक पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो ।
नौ वर्षीया बालिका बलात्कार गर्ने ६५ वर्षीय वृद्ध पक्राउ
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरि फरार रहेका भीमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका –११ भकभका बस्ने ६५ वर्षीय पौडेल विगत १५ महिना देखी फरार रहनु भएको थियो ।
विद्यार्थी दुई, शिक्षक पनि दुई: प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।
राङदी खोलामा झलुङगे पुल निर्माण
गोरखाको सहिद लखन गाउँपालिका १ र २ जोड्ने राङदी खोलामा झोलुङ पुल निर्माण भएको छ। गाउँपालिकाको वडा नम्बर १ को बक्राङ र २ नम्बर वडाको मनकामना जोड्ने राङदी खोलामा ८८ मिटरको झोलुङ्गे पुल निर्माण भएको हो।
बाढीको त्रासमा भूजीखोलाका बाढीपीडित
चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् ।
स्वास्थ्य क्षेत्रलाई बलियाे बनाउन गण्डकी सरकार क्रियाशिल
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ ।
चलचित्र 'तैँ चुप मैँ चुप' निर्माण हुने
चलचित्र ‘तैँ चुप मैँ चुप’ निर्माण घोषणा गरिएको छ ।
मुस्ताङमा फल्यो तरबुजा
शीतोष्ण हावापानीमा फल्ने फलफूल तथा तरकारीको बिउ तथा बेर्ना उत्पादनका लागि सक्रिय हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा फल्ने तरबुजा चिसोमा पनि फलाएको छ ।
मोटरसाइकलमा सामान बोक्दै
लमजुङको सुन्दरबजारमा मोटरसाइकलमा क्षमता भन्दा बढी सामान बोकेर यात्रा गरिरहेका एक मोटरसाइकल चालक ।
विद्यार्थीलाई कपाल काट्ने तालिम
विद्यार्थीलाई पढाइका साथै व्यावहारिक सिप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाइका साथै विद्यार्थीको रोजाइ अनुसारको सिपमूलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले सञ्चालन गरेको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका ३० जना विद्यार्थीलाई कपाल काट्ने सिप सिकाएको हो । एक महिनासम्म सञ्चालन भएको तालिमबाट विद्यार्थी राम्रोसँग कपाल काट्न सक्ने भएका छन् । सुरुवातमा कैँची समाउन र चलाउनसमेत कठिन मान्ने विद्यार्थी बिस्तारै कपाल काट्न पोख्त भइसकेको तालिमका प्रशिक्षक अभिषेक श्रेष्ठले बताउनुभयो ।
तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै
यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ ।
पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दीको रघुुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।
निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित
बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको बताउनुभयो । उहाँले लगातार परेको झरीले बुकिङ पनि क्यान्सिल गर्नु परेको बताउनुभयो ।
नमुना सदरमुकामका तीनवटा भवनका लागि टेण्डर भएर सम्झौतको चरणमा
नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौताको चरणमा पुगेको छ।
तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो ।
पुनर्निर्माणको पर्खाइमा घाँसीकुवा
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवामा रहेको घाँसीकुवा पुनर्निर्माणको पर्खाइमा छ।
गोरखामा ११ विद्यालयको नतिजा शून्य
गोरखामा ११ वटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा शून्य आएको छ ।
समाजसेवी विश्वकर्मालाई सम्मान
अर्जुनचौपारी गाउँपालिका ४ रापाकोटका दीपक विश्वकर्मा गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ।
स्वर्गद्वारी पहाड
हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । अन्नपूर्ण चक्रिय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ ।
बुकी पुगेका भेडीगोठ
चरनका लागि म्याग्दीको चिमखोला र मुस्ताङको सीमा क्षेत्रमा पर्ने दहबुकी खर्चमा लगिएको भेडीगोठ ।
मनाङको बाटो सधैँ जोखिमपूर्ण
मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ । मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ ।
पोखरा स्पोर्टस् अवार्ड वर्षका उत्कृष्ट खेलाडीलाई स्कुटर हस्तान्तरण
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौँ पोखरा स्पोर्टस् अवार्ड’ मा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।