• २३ असार २०८१, आइतबार

चलचित्र 'तैँ चुप मैँ चुप' निर्माण हुने

blog

सन्तोष सुवेदी

कास्की, असार २० गते । चलचित्र ‘तैँ चुप मैँ चुप’ निर्माण घोषणा गरिएको छ । पोलिटिकल कमेडी जनराको उक्त फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नुहुनेछ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो ।

पोलिटिकल सस्पेन्स कथा रहेको चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गरिने निर्देशक लामिछानेले बताउनुभयो । काठमाडौं र पोखरामा छायाङ्कन हुने बताएको निर्माणपक्षले  चलचित्रका लागि कलाकार छनोटको काम भइरहेको जनाएको छ ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ् र ब्रान्डिङ् आइडिया पिक्सेलका तर्फबाट पवनराज जोशीले गर्नुहुनेछ । यसअघि पनि टिमले चलचित्र चित्रा निर्माण गरिसकेको छ ।