बेँसीसहर–चामे सडक खुल्यो
अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ ।
अपाङ्गता भएकाको स्वआर्जन
नवलपुरको मध्यविन्दु–५, बाखोर निवासी गमबहादुर थापा बाँसका सामग्री डोको, डाला बुन्नमा व्यस्त हुनुहुन्छ । ७२ वर्षीय गमबहादुर शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँले साङ्गसरह नै काम गर्नुहुन्छ । २४ वर्षदेखि बाँसका धारिला चोयाबाट डोका, डाला बुनेर नै दिनचर्या र घरखर्च चलाउँदै गरेको उहाँ बताउनुहुन्छ ।
म्याग्दीका किसानलाई आलु भित्र्याउने चटारो
जिल्लाको पहाडी क्षेत्रका किसानहरूलाई अहिले बर्खे आलु भित्र्याउने चटारो छ । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । पहाडी तथा लेकाली हावापानीमा उत्पादित आलु खान स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गर्दछ ।
रैथाने बालीमा बढ्दो आकर्षण
पूर्वी नवलपरासीका किसान रैथाने बालीमा आकर्षित भएका छन् । कावासोतीमा अवस्थित सामुदायिक बिउँ बैङ्कले रैथाने बालीको संरक्षण गर्दै आएपछि पछिल्लो समयमा रैथाने बालीमा किसानको आकर्षण बढ्न थालेको हो ।
पर्यटन तथा पर्वतारोहण पढ्ने विद्यार्थीलाई अनुदान
जिल्लाको नासो गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।
पोखरा महानगरमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो ।
प्रविधिको प्रयोग गरेर गुणस्तर मापन गर्दै अन्नपुर्ण गाउँपालिका
उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण भएका पूर्वाधारको गुणस्तर मापनमा आधुनिक प्रविधिको प्रयोगलाई बढावा दिन थालेको छ ।
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।
पर्यटकको मुख्य रोजाईको गाउँ बन्दीपुर
तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।
चितुवा देखिनासाथ एसएमएस आउने प्रणाली जडान
पोखरामा चितुवाको आतङ्कबाट स्थानीयलाई जोगाउन मोबाइल एसएमएस प्रणाली जडान सुरु गरिएको छ । जनावर र वन्यजन्तुको द्वन्द्वको क्षेत्रमा काम गर्दै आइरहेको ग्रिन गर्भनेन्स नेपालको पहलमा पोखरा महानगरपालिका वडा नम्बर ३१ र ३२ को ग्रामीण क्षेत्रमा यस्तो प्रणाली जडान गरिएको हो ।
सगरमाथा आरोहणको इतिहास वृत्तचित्रमा
सगरमाथा आरोहणका पहिला तीन अभियानलाई समेटेर तयार गरिएको वृत्तचित्र सोमबार अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा प्रदर्शन गरिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेस्ट फाउन्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेस्ट बाई दोज हु वेयर दियर’ डकुमेन्ट्री अब सधैँका लागि सङ्ग्रहालयमै उपलब्ध हुने छ ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।
उत्कृष्ट कृषक सम्मानित
२१ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फार्मका सञ्चालक दामोदर ढकाल र धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती गर्ने भानु नगरपालिका–९ का कडरिया एकीकृत कृषि फार्मका सञ्चालक वासुराज कडरिया सम्मानित हुनुभएको हो । ढकालले ७५ रोपनी जमिनमा तरकारी खेती गर्नुभएको छ भने कडरियाले २० रोपनी क्षेत्रमा सबै प्रकारका खेती गर्नुभएको छ ।
संरक्षणको पर्खाइमा अजिरकोटको हात्ती सुडे गुफा
जिल्लाका पर्यटकीय स्थलहरूको सरोकारवालाले ध्यान दिन नसक्दा पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् । गोरखाको पर्यटकीय गन्तव्यको रूपमा रहेको अजिरकोट गाउँपालिका–५ साउने गाउँमा रहेको हात्ती सुडे गुफा धार्मिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण भए पनि सरोकारवाला पक्षहरूले संरक्षण र प्रचारप्रसार नगर्दा ओझेलमा परेको हो ।
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
म्याग्दीको बेनी नगरपालिका-३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै हुनुहुन्छ । रोपाइँमा व्यस्त भए पनि उहाँको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ ।
ट्रयाक खुलेको ३३ वर्षमा पनि भानुमार्गको काम अधुरै
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको तनहुँको भानु नगरपालिका अन्तर्गत पर्ने भानुमार्गको काम ट्रयाक खुलेको ३३ वर्षसम्म पनि अधुरै छ ।
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।
स्थानीय उत्पादन प्रवर्द्धन गर्न कोसेली घर सञ्चालन
म्याग्दीको स्थानीय उत्पादनको बजारीकरण गर्न बेनीको कालिपुल बसपार्कमा कोसेली घर सञ्चालनमा आएको छ ।
हराउँदै रोपाइँको मौलिकता
असारको दोस्रो साता बितिसकेको छ । मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरू खेतमा व्यस्त देखिएका छन् । दर्के झरी र चर्को घामको परबाह नगरी नवलपुरका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । आकासे पानी पर्याप्त नभए पनि बोरिङ, कुलोको पानी पट्याएर धान रोपाइँ सुरु गरेको कृषकले बताएका छन् । किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका छन् । हलो, जुवा र गोरुको ठाउँ ट्याक्टरले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ ।
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो ।
‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो ।
उत्पादन र रोजगारसँग जोड्न महिलालाई तालिम
कावासोती नगरपालिकाले महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
जिल्लाको धवलागिरि गाउँपालिका–४ नाउरादेखि दरवाङतर्फ जाँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर धवलागिरि गाउँपालिकाको खारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।