पहिरोमा बेपत्ता तीनको शव फेला
तनहुँमा शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।
जाने ताल, नजाने काल !
नेपाली बृहत् शब्दकोशमा ‘पोखरा’ को अर्थ तलाउ वा ठुलो पोखरीसमेत छ । सानो पोखरीलाई पोखरो पनि भनिन्छ अर्थात् ‘पोखरा’ शब्द र यो उपत्यकाको उत्पत्ति नै पोखरी, नदीसँग जोडिएको छ । डुङ्गा स
पहिरो र बाढीले पृथ्वीराजमार्गको दमौली–कोत्रे सडक अवरुद्ध
तनहुँमा परेको अविरल वर्षाले ठाउँ ठाउँमा गएको पहिरोले पृथ्वीराजमार्ग दमौली–कोत्रे सडकखण्ड अवरुद्ध भएको छ।
बसले किचेर एकको मृत्यु
पोखरा महानगरपालिका–१८ ग्यारजातीमा आफैँले चढेको बसले किच्दा यात्रुको मृत्यु भएको छ । ग १ ख ४१५६ नम्बरको बसबाट ओर्लिएर पैदल हिँड्न लाग्नुभएका पोखरा–१८ का बासिन्दा ७२ वर्षीया ललिता थापालाई बसले किचेको थियो ।
पहिरोले घर बगाउँदा दुईको मृत्यु, एक बेपत्ता
अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। बिरुवा ६ लामाखेतमा ईश्वरी लम्सालको घर बगाउँदा दुई जनाको मृत्यु भएको हो।
सेती किनारका पाँच घर विस्थापित
अविरलको झरीले सेती नदीमा बाढी आएपछि पोखरा महानगरका पाँच घर विस्थापित भएका छन्। पोखरा–१४ गोष्ठी टोलको सेती नदीको किनारका पाँच घरका बासिन्दा विस्थापित भएका हुन्।
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका-६ को सुल्डाँडाबाट वडा नम्बर ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् ।
अविरल वर्षाबाट मनाङको जनजीवन प्रभावित
दुई दिनदेखिको लगातार वर्षाका कारण मनाङको जनजीवन प्रभावित बन्न पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेमा रहेको पुलको सतह छुन लागेको छ भने ताल गाउँमा पानीको सतह बढ्न गई मर्स्याङ्दी नदी वारपारसम्मै जलमग्न भएको छ ।
बाढीले जलविद्युत आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध
अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।
बाढीले चुमनुब्रीमा दुई वटा काठे पुल बगायो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पार स्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ।
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा
केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठुलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।
गैँडाकोटमा नारायणी पस्यो
नवलपुर गैँडाकोटको बस्तीमा नारायणी नदी छिरेर डुबान गरेको छ । लगातारको वर्षपछि नारायणी नदीको बहाव बढेर गैँडाकोटको बस्तीमा पसेको हो ।
नारायणीले चेतावनी तह पार गर्यो, सतर्क रहन प्रशासनको आग्रह
नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पहिरोले गण्डकीको ६ सडक अवरुद्ध
शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा पर्ने प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध भएको छ । झरीपछि आएको पहिरोले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बनेको हो ।
बेनी–जोमसोम सडकमा यातायात बन्द
लगातारको वर्षाले गर्दा ठाउँ ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध हुँदा बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडकको सोझो यातायात सेवा अवरुद्ध भएको छ ।
नारायणगढ–बुटवल सडक : काम छाडेर म्याद थप्न दौडधुप
जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए ।
बाढीले पक्की पुल बगाउँदा सडक सञ्जालबाट टाढियो चामे
यही असार २० गते बिहीबार गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएलगत्तै मनाङमा पूर्वतयारी थालिएको छ ।
सेराप विष्ट गाउँ फर्के रे !
हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एकतमासले केराउ टिपिरहनुभएको थियो । हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नुहुन्छ ?’ भन्दै उहाँ हामी छेउ आइपुग्नुभयो ।
गण्डकीमा खेलकुद मापदण्ड जारी
गण्डकी प्रदेशमा खेल सङ्घ÷संस्था सञ्चालन तथा व्यवस्थापनका लागि मापदण्ड २०८१ जारी गरेको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त मापदण्ड जारी गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीलाई लागू गर्न पूर्ण अधिकार दिइएको उक्त मापदण्डमा उल्लेख गरिएको छ ।
कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक
जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
पराम्परागत शैलीमा रोपाइँ गर्दै किसान
मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरु खेतमा व्यस्त देखिएका छन् । आकाशे पानी पर्याप्त नपरे पनि बोरिङ, कुलोको पानि सिँचाइ गरेर धान रोपाई सुरु गरेको कृषकहरुले बताएका छन् ।
सहरमा बास, गाउँकै खान्कीमा चाख
भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आउनुभएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन ।
पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन
पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।
खोलाले बगाउँदा वृद्धको मृत्यु
पुतलीबजार नगरपालिका –१ मा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । वीरेन्द्रनगर हुँदै बग्ने अरौँदीखोलाले बगाउँदा पुतलीबजार नगरपालिका –१ बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।