• ४ जेठ २०८२, आइतबार

समाजसेवी विश्वकर्मालाई सम्मान

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार १९ गते। अर्जुनचौपारी गाउँपालिका ४ रापाकोटका दीपक विश्वकर्मा गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ। 

विश्वकर्मालाई गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले समाजसेवा विधामा युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरेको हो। 

प्रदेशको सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै विश्वकर्मालाई ५० हजार रुपियाँ नगदसहित सम्मान गरेको हो। 

सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका विश्वकर्मा दलित उत्थान केन्द्र अर्जुनचौपारीका अध्यक्ष हुनुहुन्छ। 

केन्द्रको व्यवस्थापनमा उहाँले गरिब तथा असहाय परिवारका घर र शौचालय निर्माण गर्ने तथा बिजुली बत्ती जडान गर्ने अभियान अगाडि बढाउनु भएको छ।