• ३ जेठ २०८२, शनिबार

जनतासँग जोडिनु नै हाम्रो राजनीतिक मुद्दा हो : अध्यक्ष प्रचण्ड

blog

साँफेबगरमा भएको जनसभामा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता । तस्बिरः एकेन्द्र महता

एकेन्द्र महता

अछाम, जेठ ३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको राजनीतिक मुद्दा गरिब जनता र समुदायसँग जोडिनु रहेको बताउनु भएको छ ।

मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान क्रममा साँफेबगरमा भएको जनसभा कार्यक्रमममा बोल्दै उहाँले एकचोटी फेरि जनताको बीचमा गएर निम्न वर्ग र समुदायसँग जोडिनु प्रमुख राजनीतिक मुद्दा भएको बताउनुभएको हो । उहाँले सहिदका परिवार, बेपत्ता योद्धाका परिवार, जेलनेल यातना भोगेका सबै घाइते, अपाङ्ग र यातना पीडितलाई प्रत्यक्ष रुपले भेट्नु आवश्यक रहेको बताउनुभयो । 

प्रचण्डले मजदुर किसान लगायत सबै आदिवासी जनजाति दलित महिला मधेसी मुस्लिम थारु लगायत यस क्षेत्रका पनि सबै उत्पीडित जनतासँग प्रत्यक्ष भेटघाट गरेर दुःख सुन्न अभियान सञ्चालन गरेको बताउनुभयो ।