• १७ असार २०८१, सोमबार

पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार १५ गते । फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल वर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एक तले घर गोठको २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र निजकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो । 

प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले आमा छोरीको घटना स्थलमै मृत्यु भएको बताउनुभयो । यस्तै घर नजिकै रहेको गोठमा रहेको एक भैँसीको समेत मृत्यु भएको रानाले बताउनुभयो । 

दुई दिन मात्रै वर्षासँगको बढेको आँधी खोलाले बगाएर पुतली बजार नगरपालिका १४ का ३५ वर्षीय सूर्य प्रसाद भण्डारीको मृत्यु भएको थियो ।