भारतबाट अवैध रूपमा ल्याइएका कुखुरा बरामद
भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेलगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ गरेको छ ।
जनप्रतिनिधि र स्थानीयको निगरानीमा रुख कटान
कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ त्रिसुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा कटान सुरु भएको छ ।
किसान चैते धानखेतीतर्फ आकर्षित
बाँकेमा यसवर्ष गतवर्षभन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान लगाइने भएको छ ।
कोठाभित्र निसास्सिएर महिलाको मृत्यु
कोठामा लागेको आगोका कारण निसास्सिएर एक जना महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका –५ देबीगञ्ज निवासी ४० बर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निशास्यिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनीमा पाँच सय जना बने अल्पकालीन भिक्षु
लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकैदिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् ।
रुपन्देहीको तिलोत्तमा 'रोजगार सूचना मेला'
युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ गर्ने भएको छ ।
नेपालगञ्ज पौडी पोखरी सर्वसाधारणका लागि खुला
नेपालगञ्जको रङ्गशालास्थित नेपालकै दोस्रो ठूलो पौडी पोखरी (स्विमिंग पुल) सर्वसाधारणका लागि खुला गरिएको छ ।
निजी कलेजमा सहमति सामुदायिकमा प्रतिस्पर्धा
दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति नजिकिँदै गर्दा सरकारी तथा गैरसरकारी क्याम्पस÷कलेजहरूमा निर्वाचन सरगर्मी बढेको छ । यही महिनाको ५ गते हुने स्ववियु निर्वाचनका क्रममा क्याम्पसहरूमा राजनीतिक चहलपहल बढेको छ । स्ववियु निर्वाचनका उम्मेदवारहरूले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
निर्माणको काम पुनः सुरु
सडक निर्माणको ठेक्का लिएको साढे पाँच वर्षपछि पुनर्निर्माण कार्य सुरु भएको छ । बाँकेको खजुरास्थित दुई किलोमिटर सडक अलपत्र अवस्थामा थियो । स्थानीयको चौतर्फी दबाब र विरोधपछि सडक निर्माणको काम पुनः सुरु गरिएको हो । फोरलेनको उक्त सडक निर्माण गर्ने जिम्मा गजुरमुखी निर्माण सेवा इलामले पाएको थियो ।
आफन्तबाटै असुरक्षित
गत कात्तिक २ गते अर्घाखाँची, भूमिकास्थान नगरपालिका–१, साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको आफ्नै दाजु ७६ वर्षीय हिमबहादुर गमालले घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे । भीरबाट लडेर भाइको मृत्यु भएको खबर फैलिएसँगै प्रहरीले अनुसन्धानका लागि दाइ हिमबहादुरलाई पक्राउ गरेका हुन् ।
कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बन्ने
संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले हस्ताक्षर गर्नु भएको हो ।
लुम्बिनीमा पाँचसय अल्पकालीन भिक्षु
लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरू पालना गर्नुपर्नेछ ।
लुम्बिनीको दानपात्रमा एक करोड तीन लाख
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ।
सडकमा कुखुरासहित व्यवसायी प्रदर्शनमा
भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् ।
कोइलाबास भन्सारबाट लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती भइरहेको सयममा दाङ जिल्लाको मुख्य नाकाका रुपमा रहेको काेइलाबास भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको जनाएको हो ।
नेपालमै पहिलो पटक नेपालगञ्जमा ‘नेपाल फोटोग्राफी समिट’ गरिँदै
नेपालमै पहिलो पटक नेपाल फोटोग्राफी समिट आगामी चैत २२ र २३ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फोटोग्राफी समिटमा देशभरबाट छानिएका १११ जना फोटो पत्रकार र फोटोग्राफीमा स्वतन्त्र ढंगले सक्रिय रहेकाहरुको सहभागी हुनेछन् ।
पाल्पा दरबारलाई विश्व सम्पदामा सूचीकृत गर्न ५७ घर हटाइँदै
तानसेन नगरपालिकाले पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा पार्नका लागि दरबार परिसरका ५७ घर टहराहरु हटाउने निर्णय गरेको छ । कार्यपालिकाको नवौं बैठकबाट दरबारको क्षत्रमा भएका घर टहरा भत्काइने निर्णय भएको हो ।
करोडौँ लगानीको ‘कोभिड ल्याब’ प्रयोगहीन
कोरोना महामारीका बेला स्थापना गरिएको ‘कोभिड ल्याब’ प्रयोगहीन बनेको छ । करिब डेढ करोड रुपियाँ खर्च गरेर तानसेनको धोबीधारामा स्थापना गरिएको कोभिड ल्याब हाल आएर प्रयोगहीन अवस्थामा पुगेको हो । नेपाल सरकारले २०७७ साल असोजमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालन गरेको थियो । हाल आएर यो ल्याब सञ्चालन हुन नसकेको पाल्पा अस्पतालले जनाएको छ ।
थोर्गाको गुड र खुदो प्रख्यात बन्दै
गुल्मी थोर्गाका चोलानाथ ज्ञवालीको दैनिकी गुड बनाउँदैमा बित्ने गर्छ । ज्ञवालीको रुरु क्षेत्र गाउँपालिका–३ मा थोर्गेली चोलानाथ गुड उद्योग सञ्चालित छ । २०७४ सालमा गुड उद्योग सञ्चालन गर्नु भएका ज्ञवालीले ५० रोपनी क्षेत्रफलमा उखु खेती गर्नुभएको छ । ५४ वर्षीय ज्ञवाली बिहान झिसमिसे देखि बेलुका अबेर सम्म उखुको स्याहार देखि खुदो, गुड बनाउन व्यस्त हुनुहुन्छ ।
आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण
निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ ।
व्यापार घटेपछि व्यवसायी पलायन
बुटवलबाट विगत छ महिनायता सानाठूला गरी एक हजार व्यवसायी पलायन भएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घले विगत छ महिनामा २५ हजार व्यवसायी बुटवलबाट पलायन भएका र तिनमा सानाठूला गरी करिब एक हजार व्यवसायीसमेत रहेका जानकारी दिएको हो ।
गुल्मीबाट चार हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
तिलोत्तमा सरसफाई अभियानको एक सय शृङ्खला
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरण सुधारका लागि एक सय शृङ्खलाबाट पाँचवटा महत्वपूर्ण घोषणा गरेको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन एवं नियमित सरसफाई अभियान एक सय शृङ्खलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको भेला लुम्बिनीमा
मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला चैत्र २३ गते विश्व शान्ति तपोवन भूमि लुम्बिनीमा हुने भएको छ ।