पर्यटकको आकर्षण जिप लाइन
साहसिक खेलका रूपमा लिइने ‘जिप लाइन’ व्यवसायले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ। रिब्दीकोट–४ स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको ‘जिप लाइन’मा रमाइलो गर्न आउने पर्यटक बढेका हुन्। दस महिनाअघिदेखि भैरवस्थान मन्दिर परिसरमा निर्माण भएपछि जिप लाइनमा चढ्न आउने पर्यटक बढेका हुन्। पाका पुस्ताको तुलनामा युवकयुवतीले जिप लाइन चढेर मनोरञ्जन लिने गरेका छन्।
खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित
खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गर्नुभयो । “खोलाको दुईपट्टि खेत छ, ठूला–ठूला खाडल पारिएको छ”, उहाँले भन्नुभयो, “तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।”
नेपालगञ्जमै थन्कियो हुम्लाको चामल
पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट दुई सय क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म दुई सय क्विन्टल मात्र चामल पठाएको हो । गत असार मसान्तसम्म एक हजार पाँच सय क्विन्टल चामल हुम्लामा ढुवानी गर्ने गरी एलबी सप्लायर्स हुम्लाले ठेक्का लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार ढुवानीको समयसीमा पूरा भए पनि ढुवानी नभएको जानकारी दिनुभयो ।
एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले माग गरेका छन् । शनिबार कास्कीको माछापुच्छ गाउँपालिकामा आयोजित समन्वयात्मक कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्षहरूले यस्तो माग गरेको हुन् । माछापुच्छे« गाउँपालिकाको संयोजनमा एक्यापभित्र पर्ने १५ पालिका प्रमुख र उपप्रमुखहरू भेलाले छ बुँदे माग गरेका छन् ।
उद्योग बचाउन चुनौती
रुपन्देहीका उद्योगीले उद्योग व्यवसाय जोगाउन कठिन भएको बताएका छन् । विश्व आर्थिक मन्दीको प्रभाव, बैङ्कको चर्को ब्याज, स्वदेशी उद्योगलाई प्रोत्साहनको अभाव र जग्गा भाडा वृद्धि लगायतका कारण उद्योग बचाउनै चुनौती रहेको बताउनुभएको हो । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको २१औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष एजाज आलमले अहिले उद्योगीको अनुहारमा हाँसो हराएको चर्चा गर्दै उद्योग बचाउन चुनौती रहेको बताउनुभयो । उहाँले बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योग सञ्चालनका लागि व्यवस्थापन लिमिटेडले लिने गरेको भाडा महँगो
वैशाखदेखि फ्रेन्च फ्राइज उत्पादन
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा स्थापना भएको फस्र्ट च्वाइस फुड्स प्रालिले वैशाखदेखि उत्पादन थाल्ने तयारी सुरु गरेको छ । फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्देश्यले २०७४ सालमा यो उद्योग दर्ता भएको थियो । अहिले उद्योगको भवनलगायत अन्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
गुल्मी शिक्षक संघको नयाँ नेतृत्व सर्वसम्मत
शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको शिक्षक संघ जिल्ला कार्यसमितिको नवौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो।
बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु
बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मुआब्जा विवादले आयोजना प्रभावित
पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित चिर्तुङधारामा बन्न लागेको २२० केभी सबस्टेसन आयोजनाको काममा ढिलाइ भएको छ। मुआब्जा वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय जग्गाधनीले मुआब्जाबापतको रकम नबुझेपछि सबस्टेसन निर्माणको काममा ढिलाइ भएको हो। पाल्पासहितका जिल्लाको विद्युत् अवरोध हटाउन चिर्तुङधारामा सबस्टेसन निर्माण गर्ने विद्युत् प्राधिकरणको योजना छ। त्यसका लागि माडी चक्रपथ नजिकका खेतीयोग्य १७४ रोपनी जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ। यद्यपि एक वर्षको अवधिमा पनि जग्गाधनीलाई मुआब्जा वितरणको काम सकिएको छैन।
लुम्बिनी प्रदेश सभा सचिवालयमा पुस्तकालय
प्रदेशको नीति निर्माणमा केन्द्रित रहने प्रदेश सभा सदस्यका लागि लुम्बिनी प्रदेश सभा सचिवालयमा अलग्गै पुस्तकालय स्थापना गरिएको छ। प्रदेश सभा सदस्य तथा कर्मचारीलाई कानुन निर्माण क्रममा आवश्यक जानकारी लिन, अध्ययन, अनुसन्धान र अभिलेख सङ्ग्रहका लागि पुस्तकालय स्थापना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताउनुभयो।
चामल बोकेका कन्टेनर अलपत्र
अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगञ्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीनवटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन्। विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीनवटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन्। समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।
‘बुटवल–नारायणगढ सडकको काम द्रुत स्तरमा नभए ठेक्का तोडिने’
उपप्रधानमन्त्रीसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम अगाडि नबढ्ने र समयभित्र सम्पन्न हुुन नसके सरकार ठेक्का तोड्न बाध्य हुने बताउनुभएको छ ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग
गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्ग निवासी दुवै मिर्गौला पीडित ४० वर्षीय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जिवनमरणको दोसाधमा रहनुभएकी सुत्पराई अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।
तीन तहका सरकारबीच समन्वय अभाव
दाङको गढवा गाउँपालिकाले गत भदौमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रक्रिया सुरु ग-यो। सबै प्रक्रिया पूरा गर्दा पनि ठेक्का लगाउन छ महिना बित्यो। राप्ती गाउँपालिकाले प्रदेश राजधानीको फोहोर व्यवस्थापन गर्न बोटबिरुवा नभएको वन क्षेत्र रोज्दा डिभिजन वन कार्यालय र सामुदायिक वनले अवरोध गरे।
चट्टानले सडक निर्माणमा समस्या
कडा चट्टानसहितको पहरा नहुँदो हो त देउखोला–जामाबागर पैदलयात्रा गर्नेले यतिबेलासम्म गाडीको सुविधा पाइसक्थे होलान्। कडा पहराका कारण सडक निर्माण हुन नसक्दा सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिकाका बासिन्दाले दुःख पाइरहेका छन्। पुथा उत्तरगङ्गा गाउँपालिका–१४ को देउखोलादेखि कडा चट्टान भएकै कारण सडक निर्माण चार वर्षदेखि ‘ज्यूँका त्यूँ’ अवस्थामा छ। चार वर्षअघि देउखोलासम्म गाडी पुगेको थियो।
नर्सिङ कक्षा सञ्चालन अनुमति
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाइका लागि अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई बीएनएसका लागि २० र बीएस्सी नर्सिङका लागि २० सिट निर्धारण गरेसँगै प्रतिष्ठानले नर्सिङ पढाइको अनुमति प्राप्त गरेको हो ।
व्यासमा कृषकलाई मकैको बीउ वितरण
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो ।
धराशायी हुने अवस्थामा इँटा उद्योग
“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो ।
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
साहसिक खेलका रूपमा लिइने 'जिपलाइन'ले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको रिव्दीकोट-४, स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको 'जिपलाइन'मा खेल्न आउने पर्यटक बढेका छन् ।
भैरहवा विमानस्थलबाट पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु
यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ ।
ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते
रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् ।
काम नभएपछि ठेक्का रद्दको तयारी
लामो समयदेखि अलपत्र अवस्थामा रहेको दाङको घोराही–तुलसीपुर फोर लेन सडकको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढेको छ । ठेक्का प्राप्त गरेको मुख्य निर्माण कम्पनी सम्पर्कमा नआई पेटी ठेकेदारलाई जिम्मा दिँदा काम नहुने अवस्था आएपछि फोर लेन ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।
देवदहमा स्वास्थ्य बीमा सुरु
रुपन्देही जिल्लाको देवदह नगरपालिकाले स्वास्थ्य बीमा सुरु गरेको छ । यो पालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन–२०७४ र स्वास्थ्य बीमा नियमावली–२०७५ अनुसार सेवा प्रदान गर्ने सम्झौता गरेको थियो । प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बिहीबारदेखि लागू हुनेगरी बीमा सेवा शुभारम्भ गर्नुभएको हो । अब नगर अस्पताललाई प्रथम सेवा बिन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरवासीले बीमाबापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधि नगर अस्पतालबाटै पाउनेछन् ।
बाँकेमा तीन हजार होटल सञ्चालन
भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् । पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने बाँकेमा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्बभन्दा बढी लगानी भएको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।