• १३ साउन २०८१, आइतबार

भैरहवा विमानस्थलबाट पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

blog

जजिरा एअरवेज । फाइल तस्बिर

लक्ष्मण पौडेल
भैरहवा, फागुन २५ गते ।
यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ ।

विसं. २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । तर, मौसम खराबीको कारण देखाउदै पुस ६ गतेदेखि उडान रोकेको थियो । जजिराले पुरानै तालिकाअनुसार साताको तीन उडान गर्ने जनाएको छ ।

कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ । भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकेको छ ।